मलेसियास्थित नेपाली राजदूतावासले क्वालालाम्पुर बाहिर गएर पनि कन्सुलर सेवाका साथै अन्तरक्रिया कार्यक्रम गरिरहेको हुन्छ। राजदूतावास टाढा पर्ने नेपालीलाई आवश्यक सेवा उनीहरूकै ठाउँमा पुगेर दिन सकियोस् भन्ने उदेश्यका साथ दूतावासले विभिन्न कन्सुलर सेवा शिविरहरू संचालन गरिरहेको हुन्छ। पछिल्लो पटक केलाङ्ग, तेरेङगानु र पहाङ्गमा सफलतापूर्वक सञ्चालनपछि अब बातु पहातमा कन्सुलर सेवा शिविर तथा अन्तर्कृया कार्यक्रम हुँदैछ। त्यसमा दिइने सेवा तथा शुल्कहरू समेटेर यो लेख तयार पारिरहेका छौँ।
के के सेवा दिँदै छ?
राहदानी नवीकरणको लागि आवेदन दिने राहदानी हराएमा नयाँ बनाउन आवेदन दिने यात्रा अनुमति पत्र (Travel Document) बनाउने श्रम सम्बन्धी गुनासो सुनुवाइ कार्यक्रमको बारेमा थप जान्न तथा त्यहाँ के कस्तो शुल्क लाग्छ भन्ने कुरा जान्नको लागि तलको तस्बिर हेर्नुहोस्:
यदि तपाईँ पनि मलेसियामा हुनुहुन्छ र तपाईँलाई यो सेवा चाहिएको छ भने पक्कै पनि सम्पर्क गर्नुहोला। साथै आफूलाई चाहिने अन्य सुविधाहरूको बारेमा पनि सुझाबहरू दिन सक्नुहुन्छ।
नोट : यो सूचना नेपाली राजदूतावास, मलेसियाको फेसबुक पेजमा दिइएको जानकारीका आधारमा तयार पारिएको हो। यो खबर हामीले शुभ यात्रा डट ओआरजी बाट समाबेस गरेका हौ










