बिष्णुप्रसाद पोखरेल

दमक/झापाको दमकमा जूनसुकै निर्वाचन मेयर या साँसदको निर्वाचनभन्दा कम आजकाल देखिदैन । दमक रबि सडक होस् या दमक उद्योग बाणिज्य संघको चुनाव नै किन नहोस् । त्यतिमात्र नभएर स्वबियू निर्वाचन होस् या बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष चयन नै किन नहोस । निक्कै मुश्किल छ त्यो कुर्सि पाउनका लागि । अध्यक्ष तथा प्रमुख बन्नका लागि ।

यतिखेर अब नगरपालिकाको अर्थात स्थानीय तहको निर्वाचन लागेको छ । बिभिन्न पार्टीका मेयरको आँकाक्षिहरु कम्तिमा पनि एक करोड रुपिया जो गर्ने तरखर र ताउरमाउरमा रहेकाछन् । केहिसंगको अनौपचारिक कुराकानीमा पैसाको जोह गर्ने बाटाहरुको बिषयमा भने बताएकाछन् । वडाध्यक्षको उम्मेदवार बन्न चाहानेहरुले नै १० देखि १५ लाख रुपियासम्म खर्च गर्नका लागि तयारीमा पुगेकाछन् । तर शनिबार निर्वाचन आयोगले आचारसंहिता ल्यायो जून हाम्रा उठ्ने मेयर वडाध्यक्षहरुलाइ हाँस उठ्ने खालका ।

दमकमा दमक रबि सडकको उपभोक्ता समितिको अध्यक्ष जित्न १५ देखि २० लाख, उद्योग बाणिज्य संघको अध्यक्ष जित्नका लागि २५ देखि ३० लाख, स्वबियू सभापति जित्नका लागि ८ देखि १० लाख खर्च गर्नेहरुलाइ झनै हाँसो उठेको हुनुपर्छ । मेयर तथा उपमेयरले जम्मा सबैथोकमा ४ लाख ५० हजारभन्दा बढि खर्च गर्न नपाउने निर्वाचन आयोगले उम्मेदवार खर्च गर्न पाउनेहद भनेर सार्वजनिक गरेको छ । वडाध्यक्षले २ लाखमात्र । यहाँ त एउटा क्लवको अध्यक्ष तथा उपभोक्ता समितिको अध्यक्ष बन्न नै यति खर्च गर्छन र हुन्छ भन्ने निर्वाचन आयोगलाइ सायद थाहा भएन होला ।

सवाल बिश्लेषण

यो त भए दमकको अवस्था सन्दर्भ अब जाऔ स्थानीय तहको निर्वाचन तिर । राम्रा र असल उम्मेदवारहरुसंग चुनाव लड्ने पैसा छैन । अब पार्टीले टिकट दिदा जोसंग पैसा छ उसैलाइ दिने अवस्था छ । कसैको योगदान र उसको जनतामा छापा हरिदैन । यसले गर्दा जनताका प्रतिनिधिभन्दा पनि पैसावालहरुको निर्वाचन आउला भन्न भय धेरैलाइ रहेको पाईएको छ । निर्वाचन आयोगको खर्च हदलाइ आधार मान्दा जो कोहि सामान्य मान्छे पनि उम्मेदवार बनेर अघि बढ्न सक्छ । तर बिडम्बना यो रकम एकठाँउमा बसेको बील नै उठ्ने छ । कतिपय त यस्तो ठाँउ र किल्ला छ जहाँ पैसाका बिटाहरु फ्याकेर र भोज चलाएर मत प्रभाव पारिन्छ । यो भन्दा र सुन्दा कतिलाइ लाग्दो हो काल्पनिक तथा यो त कुनै कथा मात्र हो । तर यो वास्तविकता हो ।

जूनसुकै निर्वाचन पनि भड्किलो र खर्चिलो हुन थालेकाछन् । लामो समयपछि शक्तिशाली मानिएको स्थानीय तहको निर्वाचन हुदैछ । नगरपालिकामा मेयर हुन चानचुने बिषय होइन यो अहिलेका राज्यमन्त्रीभन्दा माथिको हैसियतको रुपमा रहेको छ । सिंहदरबारको काम यहाँ नगरपालिकाले गर्ने अधिकार प्रत्यायोजन भएको छ । अझ भन्नु पर्दा जनता सदरमुकाम र राजधानि जानु नपर्ने गरि सबैकाम यहि गर्ने कार्यैकारी प्रमुख हो मेयर ।

यसर्थ यसलाइ हात पार्नका लागि हदैसम्मको साम, दाम दण्ड, भेद प्रयोग हुने निश्चित छ । यसले आखिर जनतालाइ फाइदा पुग्दैन । यस बिषयमा गम्भिर बन्नु पर्दछ । तडकभडक रहित रुपमा आफ्ना घोषणापत्र र प्रतिबद्धता लिएर जनताको मन जित्नु पर्दछ । जनताले पनि उम्मेदवारको सहि पहिचान गर्नु पर्दछ । पार्टीको भन्दापनि बिचार, अनुशासन र उसको कार्यक्षमताको मूल्याङ्कन गर्नु पर्दछ । तबमात्र बिकास सम्भव छ । स्थानीय तह शक्तिशालि बन्दछ । सबैले अपनत्वको महसुस गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah