काठमाडौँ । जेठ १७ गतेलाई रिलिज मिति तय गरेको चलचित्र ‘कुम्भ करण’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण भएको लामो समयपछि रिलिज हुन लागेको चलचित्रको एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा चलचित्रको मुख्य कलाकार गौरव पहरी र भोलाराज सापकोटाले पनि चलचित्र एकदमै मिहेनत गरेर बनाएकाले दर्शकलाई हेर्न आग्रह गरेका छन् ।
दीपक ओलीको निर्देशन रहेको चलचित्रमा रोम ओली कार्यकारी निर्माताका रुपमा रहेका छन् । त्यस्तै गिरप्रसाद घर्ती मगर र विजय श्रेष्ठ चलचित्रका सह निर्मता हुन् । क्षितिज बस्नेत, चुपनिधि रिजाल, चन्द्रबहादुर घर्ती मगर लगायतको लगानी रहेको चलचित्रलाई हरि घले लामाले खिचेका हुन् ।चलचित्रमा गौरव पहारी ,भोलाराज सापकोटा ,निशा अधिकारी ,अभय बराल ,प्रमोद अग्राहरी ,आकाश पाल ,कुल्दिप अधिकारी लगायका थुप्रै कलाकारले अभिनय गरेका छन् ।
त्यस्तै महेश दवाडीको कथा, पटकथा तथा संवाद रहेको चलचित्रको मिलन श्रेष्ठले सम्पादन गरेका छन् । हेर्नुहोस् भिडियो



