दमक/स्थानीय तहको निर्वाचनमा मेयरहरुको चर्चापछि अब वडाध्यक्षको चर्चा पनि चुलिएको छ । झापाको दमकमा केहि अघि समयसम्म मेयरको दाबी गर्नेहरु वडाध्यक्षमा दाबी गर्न थालेकाछन् । नयाँ संबिधान तथा संघीय संरचनामा वडाध्यक्षका पनि असिमित अधिकार देखेर र कार्यकारी पद हुनेभएपछि वडाध्यक्ष पनि मूख्य आकर्षण बन्न पुगेको छ । प्रमुख राजनीतिक दलहरुमा वडाध्यक्षमा दाबी गर्नेहरुको संख्या अधिक रहन थालेको छ । दमकमा युवापुस्तादेखि लिएर अघिल्लो निर्वाचनमा वडाध्यक्ष भइसकेकाहरुसम्म दाबी गर्नेमा परेकाछन् ।

काँग्रेसमा को को वडाध्यक्षमा चर्चामा ?

सवाल नेपालले बिभिन्न राजनीतिक दलहरुमा आवद्ध रहेका नेता तथा कार्यकर्ताहरुसंग समन्वय गरेर सम्भावित वडाध्यक्षहरुको नाम संकलन गर्ने प्रयास गरेको छ । कार्यकर्ता र नेताहरुबाट आएका नामहरु थुप्रै रहेकाछन् । आफै दाबी गर्नेहरुको पनि कमी छैन । नेपाली काँग्रेसबाट दमकको वडा नंंं १ मा धनबहादुर खड्का, पदम बुढाथोकी, आइन्द्र केरुङ, जिबन शिवाकोटी र टिका भण्डारीको नाम चर्चामा रहेको छ । वडा नं. २ मा पूर्णबहादुर बिष्ट, भागवत दूलाल, उद्धव दाहाल ,प्रथम धिमाल र पुण्य ढुंगानाको नाम चर्चामा रहेको पाईएको छ ।
यसैगरी वडा नं. ३ मा रुद्र मिश्र, पवन अधिकारी, नारायण बराल र डिल्लि चापागाइको नाम अगाडि रहेको छ । ४ नम्बर वडामा राजेन्द्र भट्टराइ, टंक पाण्डे, पुण्यप्रसाद दाहाल, राजेन्द्र सिटौला, भुपाल कुवर, सुरज आचार्यहरुको नाम चर्चामा छ । वडा नं. ५ मा भिम भट्टराइ, राजु राउत, मोहन कार्की, प्रेम भट्टराइ, सकुन्तला भट्टराइमध्ये एक हुने बताईएको छ । वडा नं. ६ मा मणि बुढाथोकी, भागवत बुढाथोकी, गंगा सिटौला, पर्शुराम गिरी र राजेन्द्र अग्रवालको नाम वडाध्यक्षमा चर्चा शुरु भएको छ ।
यसैगरि वडा नं. ७ मा भूमिराज राइ, देबी कोइराला, रोहित आचार्य र माधव पराजूलीको नाम चर्चा सुनिन्छ भने वडा नं. ८ मा हेम सुबेदी रबि न्यौपाने, भिष्म अधिकारी मिना कोइराला, गोमा बुढाथोकी र बेनु चुडालको नाम चचाएमा छ । ९ वडामा बिक्रम अघिकारी, उमाकान्त खनाल, राजु तामाङ, सोमराज तामाङ, राजेन्द्र वाइवाको नाम चर्चामा छ । वडा नं. १० मा उमनाथ न्यौपाने, भानु न्यौपाने, धनश्याम खनाल, राजेन्द्र भण्डारी, याम बिष्ठ, टंक पालुङ्वाको नाम चर्चा सुनिन्छ । यस अलवा पनि धेरै युवाहरु यसमा आँकाक्षि देखिएकाछन् ।
यसैका साथै मेयरका दाबेदार तथा काँग्रेसका जिल्ला स्तरका नेताहरु पनि आफू रहेको वडामा दाबी गर्ने अवस्था रहेकाले उनिहश्ररुको नाम पनि बीचमा छिर्न सक्ने काँग्रेसका एक नेता बताउछन् । काँग्रेसबाट सुरेन देवान, गोपाल अग्रवाल लगायतले आफ्नो पनि दाबेदारी रहने भन्दै नेतृत्वलाइ आँकाक्षा देखाउन थालिसकेको बताइन्छ । काँग्रेस दमक नगर समिति सहसचिब दीपेश दाहाल र नेबि संघ जिल्ला सदस्य मनोज खतिवडा लगायतले दाबी गर्ने बताउदै आएकाछन् ।

नेकपा एमालेबाट को-को चर्चामा

नेकपा एमालेबाट पनि धेरैको नाम चर्चामा रहेको छ । वडा नंं १ मा हरी न्यौपाने, बिमल खतिवडा, निरमाया पुलामी, प्रेम कोइरालामध्ये एकजना वडाध्यक्षको उम्मेदवार बन्ने बताईएको छ । खतिवडालाइ अघि सार्नु पर्ने र उनको पपुलारिटि यहाँ रहेकाले जित निश्चित रहेको भन्ने गरिएको छ । यसैगरी २ नम्बर वडामा प्रजापती सापकोटा, गुणराज थापा, पुस्प अधिकारी, नेत्र दाहाल लगायतको नाम चर्चामा छ । ३ नम्बर वडाबाट हिमालयप्रसाद दाहाल, नबिन बराल, बिश्वनाथ बराल, गेहनाथ पोखरेल मध्ये एक उम्मेदवार बन्ने जनाईएको छ ।
यसैगरि वडा नंं ४ बाट झसराज ढकाल, रोणु बुढाथोकी, केन्द्र प्रशाइ, दुर्गा दाहालको नाम अगाडि छ भने ५ नम्बरमा मोती इङ्नाम, इन्द्र गुरुङ, सूर्य नेपाल, लोकराज अधिकारी, युवराज घिमिरेको नाम अगाडि बढेको छ छलफलमा । ६ नम्बर वडामा नन्दी अधिकारी, टेकबहादुर थापा, गंगा संग्रौलामध्ये एक अगाडि आउने बताइन्छ । ७ नम्बरमा युवराज आचार्य, राधाकृष्ण आचार्य, केदार घिमिरे, निर्मला पाठकको नाम अघि सारिने सम्भावाना रहेको बताइन्छ ।
८ नम्बर वडामा पशुपतिराज गौतम, खगेन्द्र अधिकारी, रामकुमार प्रधान र कोशराज प्याकुरेलको नाम चर्चामा रहेको छ । ९ नम्बर वडामा कुवेर भट्टराइ, नबिन बराल, तेज तिवारी र रामबाबु सापकोटामध्ये एक वडाध्यक्ष बन्ने जनाइन्छ । वडा नं. १० मा बोधराज न्यौपाने, डिल्लि न्यौपाने, मेदनी खरेल, प्रेम न्यौपाने लगायतको नाम चर्चामा छ । यसबाहेक महेश घिमिरे, दीपेन्द्र दाहाल लगायतले पनि आफ्नो वडामा दाबी गर्ने सवाल नेपाललाइ जानकारी गराएकाछन् ।

राप्रपामा को-को सम्भावित ?

राप्रपामा पनि वडाध्यक्षमा बहस तिब्र भएको छ । दूइपार्टी भर्खरै एकीकरण भएकाले दूइखाले नै नामको बिषयमा यतिखेर चर्चा छ । वडा नं. १ मा तारा अधिकारीको नाम बढि चर्चामा छ । उनै यहाँ वडाध्यक्षको उम्मेदवार बन्ने भएपनि कृष्ण कोइराला, कृष्ण भण्डारी लगायतको नाम पनि चर्चामा रहेको छ । यसैगरि वडा नं. २ मा बिजय बराल, नन्दि दंगाल, दीपक न्यौपाने, कृष्णमाया थापा, रीता बस्नेत लगायतको नाम बहसमा आएको छ । ३ नम्बर वडामा गोबिन्द कार्की, बिष्णु धिमाल, जय धिमाल लगायतको नाम चर्चामा छ । नैनसिंह भण्डारीले वडाध्यक्षमा दाबी गरे अरु यहाँ कसैले दाबी नगर्ने जनाइन्छ । वडा नंं ४ मा कूलबाहादुर धिमाल, कुल बा कार्की, गोपाल खड्का लगायतको नाम चर्चामा छ । यसैगरि वडा नं. ५ मा बासुदेब भट्टराइ, दूर्गा गौतम, किरण भण्डारी लगायतको नाम बहसमा छ । वडा नंं ६ मा गोपाल गिरी, कुमार निरौला, प्रज्वल बस्नेत लगायतको नाम चर्चाको बिषय बन्दै गएको छ ।
वडा नंं ७ मा भीम पौड्यालको सम्भावाना धेरै छ । कृष्ण नेपाली, बिक्रम लिम्बु, चन्द्र थापा, मोहन थापा लगायको नाम पनि बहसमा ल्याउन थालिएको छ । वडा नं. ८ मा भवानी सुबेदी, भीष्मप्रताप भण्डारी, तिर्थ निरौला, राम पाण्डे लगायतको नाम चर्चामा छ । वडा नं. ९ मा एकराज भण्डारी, टंक सिटौला, तीलक डाँगी लगायतको नामको बिषयमा बहस छ भने वडा नं. १० मा खगेन्द्र भट्टराइ, भक्ति सिटौला, पदम राउत, रोम भण्डारी, गोपाल दाहाल, खेम दाहाल लगायतको नाम बहसमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah