काठमाडौँ । प्रहरीले बहुविवाह गर्न लागेका एक युवकलाई युवतीकै घरबाट पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. ११ घर भइ रौतहटको चन्द्रपुर नगरपालिका-१ की एक युवतीसँग विवाह गर्न पुगेका ३५ वर्षीय वीर बहादुर स्याङतानलाई प्रहरीले पक्राउ गरेको हो ।

 

वैदेशिक रोजगारको शिलसिलामा करिब ४ वर्ष साउदीमा रहँदा स्याङतान फेसबुकमार्फत रौतहटकी एक युवती सँगको प्रेममा परेपछि घरकी जेठी श्रीमतीलाई दिदी र छोरालाई भान्जा बनाएर जन्ती लिएर युवतीको घर गएकोमा बहुविवाहको सूचना पाएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

 

गत सोमबारनै विवाहको तयारी गरिएकोमा स्याङतान श्रीमती र छोरालाई लिएर मंगलबारमात्र युवतीको घर पुगेका थिए । ढिला हुनुको कारणबारे सोध्दा उनले युवतीको परिवारका सदस्यलाई श्रीमतीलाई मनाउन समस्या भएकाले यस्तो हुन गएको बताए । उनले बहुविवाह गर्न लागेको कुरा युवतीको घरगाउँलेलाई जानकरी गराईएको थिएन ।

 

युवतीको घर नजिकका केहि व्यक्तिले स्याङतानको गतिबिधि शंकास्पद लागेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अनुसन्धान गर्ने क्रममा जन्ती गएका दुई जना उनकै छोरा र श्रीमती भएको खुल्न आएको हो ।यस घटनाको विषयमा प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah