काठमाडौं । उपप्रधान तथा स्वास्थ्यमन्त्री तथा नवगठित समाजवादी पार्टी नेपालका दुई अध्यक्ष मध्येका एक उपेन्द्र यादव अन्तवार्ताकै बीचबाट उठेर बाहिरिएका छन् ।

एभी न्युज टेलिभिजनको सकस राजनीति कार्यक्रममा अतिथीका रुपमा पुगेका उपप्रधानमन्त्री समेत रहेका यादवले कार्यक्रम सञ्चालक पत्रकारको प्रश्नको जवाफ नदिइ माइक फुकालेर बिचमै अन्तर्वार्ता छोडेर हिँडेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यादवको संघीय समाजवादी फोरम र डा. बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल पार्टीबिच हालै एकता भएर डा. भट्टराई र यादव अध्यक्ष रहने गरि समाजवादी पार्टी नेपालको गठन भएको हो । अन्तवार्ताका क्रममा यादवले शिष्ट भएर प्रश्न गर्न, कसरी कुरा गरिन्छ भन्ने जान्न भने र विवाद लम्बिँदै गएपछि उनी माइक निकालेर अन्तर्वार्ताबाटै बाहिरिएका हुन् ।