काठमाडौं, वैशाख ३० । साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

आइतबार छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ६० हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै, आइतबार तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

साथै, शुक्रबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि चाँदी ७२० रुपैयाँमै कारोबार भइरहेको छ।