विष्णुप्रसाद पोखरेल

दमक र आसपासको क्षेत्रमा टिपरले क्षमता अर्थात डालीभन्दा माथि निर्माण सामाग्रि बोकेर सडकमा हिड्ने अन्य सवारी साधन तथा यात्रु जोखिममा परेकाछन् ।

त्रिपालले छोपेजस्तो गर्ने तर गिटी तथा बालुवा र पानी सडकमा खसाल्दै हिड्ने गरेपनि सडकमा रहने न ट्राफिक प्रहरीले यसमा ध्यान दिएको पाइन्छ न जनपथ प्रहरीले नै ।

 

दमकको मुख्य बजार क्षेत्रमा टिपर कुदाउन नपाइने भनिएपनि यहाँ पनि उस्तै अवस्था रहेको छ ।

दमकबाट पाडाजुंगी र गौरीगन्ज रोडमा त सधै दर्जनौ टिपरहरु निर्माण सामाग्रि सडकमा खसाल्दै र धुलो उडाउदै हिडछन् ।

 

प्रधानमन्त्री कार्यालयको हेलो सरकारमा पनि यो कुरा पुगेको हो र सम्बन्धित मन्त्रालयमा पत्रचार गरेको पनि पाईएको छ ।

दर्ता नम्बर : 02-2019-WFWKRQ , दर्ता मिति: 2019-02-26 बाट गुनासो तत्काल आवश्यक कारवाहिको लागि गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासनमा पत्राचार गरिएको छ ।धन्यवाद।

 

तर कार्वाही भने भएको देखिदैन । त्यस्तो अवस्था यहाँ छैन सबै नियण्त्रणमा छ भनेर हामीलाइ भनीने गरेको छ, माथिल्लो प्रहरी श्रोतको भनाइ छ ।

 

वास्तविकता भने यहाँ सडकमा हिड्ने र भोग्नेहरुले देखेकाछन् । जो म आफै पनि पीडित हो ।

प्रत्येक दिन दमकबाट कमल गाँउपालिका जता यस्ता थुप्रै टिपरहरुको ज्यादती सहनु पर्छ ।

आँखा र जिउभरी बालुवा सरी भएर घर पुग्नु पर्छ ।

 

चैत बैशाखको हावाहुरीको समयमा टिपरमा क्षमताभन्दा माथि बालुवा राख्दा अवस्था के होला ?

 

आखिर किन यो सडकमा खटिएका ट्राफिक प्रहरीले नबुझेको होला ?

 

की टिपरलाइ छुट छ ? कि अरु नै निकायले हेर्नु पर्ने हो ?

 

यदि टिपर र यसका सञ्चालकलाइ कानून लाग्छ र मनपरी गर्न छुट छइन भने दमको पशुहाट डाँडामा र पाडाजुंगीमा दिनभर बसेर त्यस्ता टिपरहरुलाइ कार्वाहीहोस् ।

 

टिपरमात्र नभएर ट्याक्टरहरुले पनि उस्तै गरेकाछन् ।

 

यसतर्फ पनि ध्यान जाओस् । (नीजि बिचार)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय