काठमाडौं–बुधबार छापावाल सुनको भाउमा गिरावट आएको छ ।

मंगलबार तोलामा ६१ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ४ सयले घटेर ६० हजार ६०० मा कारोबार भइरहेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै तेजावी सुन तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको छ ।

यस्तै चाँदी आज तोलामा ७२५ मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ । मंगलबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।