काठमाडौं। सानै उमेर देखि अभिनय तथा नृत्यमा रुचि राख्ने नव मोडल रिया लामा भविष्यमा एक कुशल चर्चित मोडल तथा नायिका बन्ने सोच लिएर यस क्षेत्रमा प्रवेश गरेकी छिन् भने अहिले त्यसै अनुरूप मेहनत समेत गर्दै छिन् ।
मोडलिङ क्षेत्र आफैमा एउटा राम्रो र सम्भावना बोकेको क्षेत्र हो, जहाँबाट एउटा कलाकारले राम्रो अवसर पाउने माध्यम हो, अभिनय र नृत्य विधामा राम्रा सम्भावना बोकेका कलाकारहरूले यसैको माध्यमबाट विभिन्न अवसरहरू पनि पाइरहेको हुन्छन् भने देश विदेशको यात्रा गर्दै संसारमा चर्चित हुने अवसर पनि जुटाइरहेका हुन्छन् ।
पछिल्लो समयमा नयाँ पुस्ताका युवा युवतीहरू पनि यसै क्षेत्रमा धेरै आइरहेको पाइन्छ। धेरै सफल पनि भैरहेका छन् भने कोही क्षणकी अवधि पछि यो क्षेत्र बाट हराइरहेका छन् l मोडलिङ क्षेत्रमा प्रशस्त सम्भावनाहरू रहेका छन् भने क्षमताबान तथा कला भएकाहरुको लागि आफू चर्चित हुने राम्रो मध्यम पनि हो ।

वास्तवमा कलाकारतिमा एउटा रहर मात्र होइन, जहाँ गर्न सके नाम र दाम दुवै कमाउन सकिन्छ । त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रूपमा लिएको पाइन्छ ।
यसै क्रममा मोडलिङ क्षेत्रलाई व्यावसायिक रूपमा अगाडी बढाउने सोचका साथ सम्भावना सहित पछिल्लो समयमा मोडलिङमा प्रवेश गरेकी हुन नव मोडल रिया लामा ।
नेपाली साङ्गीतिक बजारमा गायक सवन्देप श्रेष्ठको गीतको म्युजिक भिडियो बाट मोडलिङ क्षेत्र्मा प्रवेश गरेकी नव मोडल रिया लामा यसै क्षेत्रमा आफ्नो करियर बनाउने सोचका साथ अघि बढिरहेकी छिन् ।
Black hawk Nepal band
saawan d shrestha vocal guitar=umesha shrestha drummer =gautam tandukar guitar= anil shakya ,bass guitar
album =khoi mero desh
audio engineer =saawan dev shrestha =lyrics, music and compose = saawan dev shrestha
हेर्नुहोस् भिडियो :









