उत्तर प्रदेशको अलीगढमा एक अचम्मको घटना सार्वजनिक भएको छ । त्यहाँकी एक महिलाले विष सेवन गरिन् । जब उनलाई उपचारका लागि जवाहरलाल मेडिकल कलेजमा भर्ना गरियो तब ती महिलाको मुखमा बिस्फोट भएको भारतीय मिडियाले बताएको छ ।

बिस्फोट भएपछि डाक्टरको समूह पनि अचम्ममा परेको बताइएको छ । महिलाको मुखबाट धुँवा निस्कनुका साथै आगोसमेत लागेको स्रोतले बताएको छ । घटनाको केहीबेर पछि महिलाको मृत्यु भयो ।

पुलिस अधिकारी अरविन्द चौधरीका अनुसार महिलाको पहिचान शिला देवीको रुपमा भएको छ । उनले विष सेवन गरेकी थिइन् । उनलाई इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो ।

इमर्जेन्सी वार्डका एसीएमओ राहुल कुमारले यो घटना आफैंमा अचम्मको बताएका छन् । उनले भने, ‘हामीले मेडिकलको इतिहासमा यस्तो पहिलो पटक देखेका हौं । विष सेवन गरेको व्यक्तिको मुखमा बिस्फोट भएको यो पहिलो घटना हो ।’

उनका अनुसार सुरुवाती अनुसन्धान हेर्दा यस्तो लाग्छ कि महिलाले बिस्फोटक पदार्थ सेवन गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah