दमक/ छिमेकी जिल्लामा बर्डफ्लु एक पछि अर्काे गर्दै धेरै स्थानमा देखिएको खवर सँगै झापामा पनि बर्डफ्लु भेटिएपछि झापाका मासु ब्यवसायीहरु त्रसित भएका छन् ।
झापाका छिमेकी जिल्ला मोरङ र सुनसरीमा बर्डफ्लु भेटिएसँगै झापाको अनारमनी गाविसको बुट्टाबारीका एक किसानको फार्मका कुखुरामा बर्डफ्लु संक्रमण भएको पुष्टि भएपछि दमक, विर्तामोड र काकडभिट्टाका कुकुरा ब्यवसायी समेत त्रसित भएका हुन् ।
सीमा पारीवाट आउने कुखुरामा बर्डप्mलु भेटिएपछि विहिवार दमकमा जिल्ला मासु ब्यवसायी संघको वैठक बसी बर्डफ्लु भित्रन नदिन उच्च सतर्कता अपनाउन ब्यवसायी र किसानलाई आग्रह समेत गरेको छ ।
झापा जिल्ला मासु ब्यवसायी संघका अध्यक्ष उद्व न्यौपानेले शंकास्पद कुखुरा छ भने त्यसलाई नकाट्न र विक्रि वितरण नगर्न अपिल गरेको बताए । उनले छिमेकी जिल्लामा संक्रमण भेटिएपछि झापामा पनि सचेत रहनुपर्ने देखिएकोले बैठक बसेर सबै पशुपन्छीजन्य मासु ब्यवसायी र कृषकलाई समेत पूर्व सचेत रहन अपिल गर्ने औपचारीक निर्णय सँगै सूचना समेत पठाइसकेको जानकारी दिए । झापामा एक वर्षबीचमा जिल्लामा कुखुरामा हुने यो संक्रामक रोग फेला परेको तेस्रोपटक हो ।
मोरङ, सुनसरी र झापाको दक्षिणी क्षेत्रमा फेरि बर्डफ्लु फेला परेको खवर आएपछि दमकस्थित जिल्ला मासु ब्यवसायी संघले विहिवार बैठक बसी सचेतना रहन सवैमा आग्रह गरेको हो ।
जिल्ला वर्ड फ्लु रोग सम्बन्धि जिल्ला प्राविधिक समन्वय समितिले समेत सचेतना अपनाउन ब्यवसायीहरुलाई भनेको छ । तर तत्कालै यो सूचना सार्वजनिक गर्दा असुरक्षा बढ्ने, र ब्यवसायी थप त्रसित हुने भन्दै जिल्ला पशु सेवा कार्यालयले यसबारे थप कुरा बाहिर ल्याउन अस्वीकार गरेको छ । दमकमा दर्ता भएका कुखुरा मासु पसल ६ सय ३१ रहेका छन् भने प्रतिकेजी वोयलर कुखुराको मासु ३ सय कायम रहदै आएको छ ।
अघिल्लो वर्ष पनि माघ अन्तिममै झापाका तीन ठाउँमा एकैपटक रोग फेला परेको थियो । जिल्लाकै मुख्य शहर विर्तामोडबाट १ किलोमिटर पूर्वमा रहेको गाउँका कुखुरामा रोग संक्रमण भएको थियो ।
यसपटक एकसाताअघि सुनसरीको खनार स्थित एक पाथीभारा पोल्ट्रिफार्ममा बर्डफ्लु भेटिएको थियो । फार्ममा रहेको ६ हजार ५ सय कुखुरमा बर्डफुल एच १ उन भाइरस देखिएपछि जिल्ला पशुसेवा कार्यालय र क्षेत्रीय पशु सेवा निर्देशनालयले कुखुरा मारेर पुर्ने काम सुरु गरेको जिल्ला पशु सेवा कार्यालय मोरङले जनाएको छ ।
मोरङमा सम्भावित क्षेत्रको अनुगमन गर्ने, पंक्षिजन्य बस्तुहरु भारतबाट आयातमा रोक लगाउने, विभिन्न नाकामा चेकपोष्ट राख्ने, र स्वास्थ्यको प्रमाणपत्र बिना ओसारपसारमा प्रतिबन्ध लगाउने निर्णय भएको पशु सेवा विभाग मोरङले जनाएको छ ।

पिपुल्स टाइम्सबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय