दमक/नयाँशक्ति नेपाल पार्टी राष्ट्रिय युवा अभियान नेपाल दमकले एकदिने निशुल्क दन्त शिविर सञ्चालन गरेको छ । शुक्रवार दमक ५ स्थित आम्दा रोडमा आयोजना गरिएको दन्तशिविरमा सय वढी दाँतका विरामीले सेवा लिएका थिए ।
दमक ६ थानारोड स्थित सप्तकोशी डेण्टल केयर प्रा.लि.को प्रायोजनमा चलाइएको शिविरमा दाँत तथा मुखरोग विशेषज्ञ डा.मनिशा भुजेल र डा. धिरेन्द्रप्रसाद शाहले चेक जाँच गरेका थिए । जाँच गर्न आउने अधिकांश विरामीहरुको दाँतमा किरा लाग्ने, खिइने, गिजा पाक्ने, मुख गनाउने, दाँतमा खोपिल्टा परेका जस्ता समस्या बढी देखिएको डा. मनिशा भुलेलले जानकारी दिइन् । पचासवर्ष माथिका विरामीमा दाँतमा फोहोर जम्ने र पाइरिया हुने समस्या छ भने किराको समस्या धेरैजसो केटाकेटीमा रहेको उनको भनाई छ ।
दाँतमा समस्या भएरपनि लामो समयसम्म चेकजाँच गर्न नसकि बसेका वर्गीय मान्छेहरुलाई लक्षित गरेर नितान्त सेवा दिने उदेश्यले शिविर सञ्चालन गरिएकोले औषधी समेत निशुल्क वितरण गरिएको सप्तकोशी डेण्टल केयर प्रा.लि.का सञ्चालक राजु खड्काको भनाई छ । शिविरमा प्रालिका स्वस्थकर्मीहरु गीता काप्mले, शीला पराजुली, अम्विका दुलाल लगायतले विशेष सहयोग गरेका थिएभने युवा अभियानका भेषराज भट्टराई, योगेश उप्रेती, शान्ति बराईली, सुमन शाही लगायतको उपश्थिति रहेको थियो ।



