मोबाइलबाटै परिचय भएका एक जोडी केटा केटीले अनुहारै नहेरी बिहे गर्ने निर्णयमा पुगे। केटाले बिहे भएको जानकारी दिएनन्। जब दुवै एकअर्कालाई पतिपत्नी स्वीकारेर घर पुगे, तब केटीलाई थाहा भयो, उनी त दुई छोराका बाबु पो रहेछन्।उनले चुपचाप सौतामै बस्‍ने निर्णय लिइन्। तर जेठी श्रीमतीले मान्दै मानिनन्।

 

केटीको उमेर १८ वर्ष पनि पुगेको थिएन। यो विवाद अझै मिलेको छैन। मोबाइल फोन र सामाजिक सञ्जालमा कुरा हुँदै बिहेको तहसम्म पुग्ने र सानै उमेरमा घरबाट भागेर जाने गरेका घटना बढ्दै गइरहेको सूचना अधिकारी धामी बताउँछन्। उनी भन्छन्, ‘यसले बालविवाह पनि बढ्न थालेको छ।’ यसरी मोबाइल वा सामाजिक सञ्जालबाट सम्बन्ध कायम भई बिहे गरेर आउनेहरूमा १३/१४ वर्षका पनि रहेको धामी बताउँछन्।

 

‘अधिकांश त १७/१८ वर्ष उमेर समूहकै छन्’ उनले भने, ‘किशोरावस्थामा परेको मानसिक प्रभावले यस्तो भएको हुनसक्छ।’ अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई सम्झाउन नसक्नु यसको प्रमुख कारण भएको धामीको भनाइ छ । उनी भन्छन्, ‘किशोरावस्थामा उनीहरू एकोहोरो भएका हुन्छन्, त्यतिवेला राम्रो अभिभावकत्वको खाँचो हुन्छ, त्यसैले अभिभावक जिम्मेवार हुनुपर्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah