काठमाडौं–नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ घटेको छ ।

साताको कारोबारको अन्तिम दिन तोलामा ६० हजार २०० मा कारोबार भएको छापावाल सुनको भाउ आइतबार तोलामा रु २०० घटेर ६० हजारमा कारोबार भइरहेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै तेजावी सुन तोलामा ५९ हजार ७०० मा कारोबार भइरहेको छ ।

चाँदी भने तोलामा रु ७१० मा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा रु ७१५ मा कारोबार भएको थियो ।