काठमाडौं, ९ असोज । भारत प्रशासित काश्मिरमा एक साताअघि भएको हमलापछि भारत–पाकिस्तानबीच भीषण वाकयुद्ध चलिरहेको छ । दुवै देशले एक अर्कालाई आरोप प्रत्यारोप लगाइरहेका छन् ।

भारतले कास्मिर हमलालाई लिएर पाकिस्तान आतंकवादी मुलुक भन्ने सम्मको आरोप लगाएको छ भने पाकिस्तानले कास्मिरमा भारतले मानवअधिकार हनन् गर्ने काम गरेको दाबी गर्दै आएको छ ।

भारत–पाकिस्तान वाकयुद्ध अमेरिकामा जारी संयुक्त राष्ट्रसंघको महासभासम्म नै पुगेको छ । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले राष्ट्रसंघीय महासभामै भारतले गम्भीर मानवअधिकार उलंघन गरेको दाबी गरेका छन् । दुई देश शक्ति प्रदर्शनमा देखिएका छन् ।

पाकिस्तान र भारतबीच सम्बन्ध बिग्रिदै जाँदा दुवै देशका अखबारहरुले भितन्त निम्याउने गरी सम्पादकीयहरु समेत लेख्न थालेका छन् । भारत र पाकिस्तानका अखबारहरुले पत्रिकाको आवरण पृष्ठमै विशेष सम्पादकीय लेखि एकले अर्को देशमाथि धावा बोल्न थालेका छन् ।

यहि प्रशंगमा पाकिस्तानी अखबार ‘एक्सप्रेस’ले आफ्नो देश भारत र भुटानजस्तो निरिह नभएको संकेत गरेको छ । उसले आफ्नो सम्पादकीय लेखेको छ–‘हामी युद्ध चाहेका छैनौं तर हामी भुटान वा नेपाल पनि होइनौं । यो सन्देश पाकिस्तान सरकार तथा पाकिस्तानी जनताको तर्फबाट एउटै आवाजका रुपमा आउनु आवश्यक छ ।’

पाकिस्तानी मिडियाले भारत प्रशासित कश्मिरमा स्थिति विग्रदै गएपछि विश्वकै ध्यान हटाउनका लागि पाकिस्तानमाथि आरोप लगाएको दाबी गर्दै भारतलाई चेतावनी दिइरहेका छन् । गत अाइतबार कश्मिरमा भएकाे हमलामा १८ सैनिक मारिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर