नयाँ दिल्ली । दिल्लीको कोनट प्लेसस्थित मरीना होटलको ठ्याक्कै अगाडि एउटा मस्जिदमा मगरिबको नमाज अर्थात् सन्ध्याकालीन प्रार्थना सुरु हुन लागेको छ । रमजानको महिना छ । केही समयपछि रोजा खोलिनेछ अर्थात् व्रत समापन गरिनेछ । मरीना होटलको एउटा कोठाबाट एक व्यक्तिले मस्जिदको चहलपहल हेरिरहेका छन् ।

ती व्यक्तिलाई यो कुरा थाहा छैन कि सन् १९४८ को जनवरी १७ मा दिल्लीमा ठिर्हियाउने चिसो भएको बेला यसै होटलमा (जसलाई अहिले ¥याडिसन ब्लू मरीना होटल भनिन्छ) नाथुराम गोड्से र नारायण आप्टे आएका थिए ।

समय बिहानको ११ बजेभन्दा अघिको थियो । दुवै जनाले एस देशपाण्डे र एसएन देशपाण्डेको नाममा होटलका कोठा बुक गराए । त्यसबेला अहिलेको जस्तो होटलमा कोठा बुक गराउँदा आफ्नो परिचय खुलाउने कुनै प्रमाण देखाउनुपर्दैनथ्यो । मरीना होटलको कोठा नं ४० ती दुवै साथी १५ देखि २० मिनेटमा कालो र पहेँलो रंगको ट्याक्सीबाट कनोट प्लेस पुगे होलान् । उनीहरू अलबुकर्क रोड (जसलाई अहिले तीस जनवरी मार्ग भनिन्छ) भएर होटल गएको हुनुपर्छ । गान्धीलाई अनशन तोड्न लगाउन बिडला हाउसतर्फ हजारौँ मानिस जाँदै गरेको ती दुई जनाले देखेको हुनुपर्छ ।

खासमा आप्टे र गोडसे गान्धीको हत्या गर्ने भयानक योजना कार्यान्वयन गर्न दिल्ली पुगेका थिए । उनीहरूले होटलको पहिलो तल्लामा ४० नं. कोठा पाए । विमानबाट उनीहरू मुम्बईबाट सफदरजंग विमानस्थलमा ओर्लिएका थिए । उनीहरूका बाँकी साथी रेलबाट दिल्ली आइरहेका थिए ।

खासमा सन् १९४८ को जनवरी १२ मा गान्धीले अनशन थाल्न लागेको जब आप्टे र गोडसेले थाहा पाए, त्यसैबेला नै उनीहरूले गान्धीको हत्या गर्ने मनशाय बनाए । गान्धीका कान्छो छोरा देवदास गान्धीकी छोरी तथा लेखिका सुकन्या भरत राम भन्छिन्, ‘गान्धीले दिल्लीमा १९४८ को जनवरी १३ मा किन अनशन सुरु गरे भनेर आप्टे, गोडसे र उनीहरूका साथी रुष्ट हुनुको एउटा कारण थियो ।’

त्यतिबेला हिन्दुस्तान टाइम्सका सम्पादक रहेका गान्धीका छोरा देवदास गान्धीले आफ्ना बुवालाई अनशन नबस्न सुझाए । आप्टे, गोडसे र उनीहरूका साथीहरू रुष्ट हुनुको अर्को कारण थियो – सरकारी सम्पत्ति भारत र पाकिस्तानबीच बाँडफाँट गरिनु । सरकारी खजानामा रहेको रकम पनि बाँडफाँट गरियो । पाकिस्तानको हिस्सामा ७५ करोड रुपैयाँ आयो । सुरुमा पाकिस्तानलाई २० करोड दिइयो । बाँकी रह्यो ५५ करोड रुपैयाँ । गान्धी बाँकी रकम पनि पाकिस्तानलाई अविलम्ब दिइयोस् भन्ने चाहन्थे । यो कुरा गोडसेसहित उनका साथीहरूलाई मन परेको थिएन ।

आप्टे र गोडसेलाई बाँकी साथीहरूको प्रतीक्षा थियो । साँझ पर्नासाथ उनीहरूका साथी मदनलाल पाहवा, विष्णु करकरे र गोपाल गोडसे मरीना होटल पुगे । उनीहरू ह्यान्डग्रिनेड, टाइम बम र पेस्तोल लिएर दिल्ली आएका थिए । ‘फ्रीडम एट मिड नाइट’ मा लेखकद्वय डोमिनिक ल्यापिएर र ल्यारी कोलिन्सले लेखेअनुसार गान्धीको हत्याबारे योजना बनाइरहँदा करकरे र आप्टेले मदिरा मगाए । गोडसेले मदिरापान गर्दैनथे। उनी कफीप्रेमी थिए । उनले मरीना होटलमा पटकपटक कफी मगाइरहन्थे ।

जनवरी २० मा प्रार्थनासभाका क्रममा गान्धीमाथि बम आक्रमण गर्ने योजना मरीना होटलमा बन्यो । यसबीचमा योजनामा सहभागी सबैले बिडला हाउसबारे बुझिरहे । निर्धाति दिन आयो । नाथुराम गोडसे, गोपाल गोडसे, नारायण आप्टे, विष्णु करकरे र मदनलाल पाहवा ट्याक्सी लिएर बिडला हाउस पुगे । बिडला हाउसमा मदनलाल पाहवाले विस्फोट गराए । पछि थाहा भयो कि एउटा भारतमै निर्मित बम थियो जसमा ठूलो क्षति पु¥याउने क्षमता थिएन । त्यो विस्फोट गराएकोमा मदनलाल पाहवालाई पक्राउ गरियो ।

पहिला गान्धीको प्रार्थनासभामा बम हान्ने उनीहरूको लक्ष्य थियो । त्यसपछि त्यहाँ भागदौड मच्चिएपछि गान्धीमाथि गोली प्रहार गर्ने योजना थियो । पाहवा र विष्णु करकरे पहिले बिडला हाउस पुगिसकेका थिए । बाँकीलाई लिएर ट्याक्सी चालक सुरजित सिंह त्यहाँ पुगे । पछि सुरजित सिंह सरकारको तर्फबाट बयान दिन सहमत भए । मदनलाल पाहवा त्यहाँ एउटा फोटोग्राफरका रूपमा पुगे । विस्फोटपछि उनका साथी त्यहाँबाट भागे ।

त्यति भयावह घटनापछि बिडला हाउसको सुरक्षा व्यवस्था कडा बनाइनुपथ्र्यो । तर के त्यस्तो कुनै प्रयास भयो रु यदि प्रयास गरिएको भए गान्धी मारिने थिएनन् । अर्कोतर्फ पहिलो प्रयासमा सफलता नपाएपछि पनि गोडसे र आप्टे १० दिनभित्र दोस्रो पटक बम्बईबाट दिल्ली आए । जनवरी २० पछि दुवै जना बम्बई फर्केका थिए । प्रहरी कारबाहीमा पर्न सक्ने भएकोले उनीहरू मरीना होटल गएनन् ।उनीहरूले पुरानो दिल्लीको रेल्वे स्टेशनको प्रतीक्षालयलाई सुरक्षित देखे ।

दिल्लीमा जनवरी २७ मा गान्धी सूफी बख्तियार काकीको समाधिस्थल जाने सूचना उनीहरूलाई प्राप्त भयो । सो धार्मिक स्थलमा दंग गर्नेहरूले क्षति पु¥याएका थिए जसबाट गान्धी मर्माहत थिए । त्यो गान्धीको जीवनको अन्तिम कार्यक्रम थियो । त्यो कार्यक्रमबारे थाहा पाएपछि उनीहरूको रगत उम्लियो । त्यतिबेला विष्णु करकरे पनि गोडसे र आप्टेसँगै थिए । इतिहासकार दिलीप सिमियन भन्छन्, ‘गान्धी उक्त धार्मिकस्थल पुगेपछि उनलाई तुरुन्तै मार्नुपर्ने उनीहरूको मनशाय देखियो ।’ जनवरी ३० को त्यो कालोदिन आइपुग्छ । त्यो दिन उनीहरूले गान्धीको हत्या गर्नु थियो । गान्धीमाथि नाथुराम गोडसेले गोली हान्ने योजना थियो ।

गान्धीको अन्तिम दिनका एक–एक क्षणबारे खुलासा गर्ने पत्रकार स्टिभन मर्फी लेख्छन्, ‘जनवरी २० को हमलापछि बिडला हाउसमा ३० जना प्रहरी तैनाथ गरिएको थियो । नेहरु र पटेलको आग्रहलाई गान्धीले पनि स्वीकारे । तर गोडसेले गान्धीमाथि गोली हान्ने बेला उनीसँग सादा पोसाकमा हुने प्रहरी एपी भाटिया अनुपस्थित हुन्छन् ।’

भाटियालाई जनवरी ३० मा कसले र किन अन्यत्र खटाए ? के यी प्रश्नका उत्तर अब कसैले दिँदैन रु हो, जनवरी ३० मा चाँदनी चोक क्षेत्रमा सफाइकर्मीहरूले ठूलो प्रदर्शन गरिरहेका थिए । जसका कारण धेरै सुरक्षाकर्मीलाई त्यहाँ पठाइएको थियो । उसो भए के भाटिया चाँदनी चोकमै थिए ? अर्थात् गान्धीलाई मर्न दिन एक्लै छाडिएको थियो ।

अझ दुःखको कुरा त के छ भने साँझ बिहान गान्धीसँग रहने उनकी निजी चिकित्सक सुशीला नैयर पनि त्यो दिन थिइनन् । उनी पाकिस्तान गएकी थिइन् । गान्धीलाई गोली हानिएको केही बेरपछि डा. डीपी भार्गव र डा. जीवाजी मेहता घटनास्थल पुगेका थिए । डा. मेहताले गान्धीलाई मृत घोषित गरेका थिए । गान्धी हत्याकाण्डका प्रमुख दुई अभियुक्तलाई फाँसीको सजाय दिइयो भने बाँकीलाई जन्मकैद दिइयो ।

(बीबीसी नेपाली)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah