ईटहरी । नेपाली सांगीतिक बजारमा गायिका सारा पौडेल पछिल्लो समय आफूलाई गीतसंगीतको क्षेत्रमा नै समर्पित गरिरहेकी छिन्।गीत संगीतमा निरन्तर लागिरहेकी गायिका सारा पौडेलले" त्रिसुलिको तिरै तिर’ बोलको गीत लिएर आएकी छिन्।

उषा केशी पोख्रेल को शब्द र सुमन राईको संगीतमा रहेको यो गीतमा सारा पौडेलको स्वर रहेको छ ।उक्त गीतलाई गोबिन्द सोनी ले मिक्सिङ गरेका हुन् । गीतको भिडियोमा प्रेम भट्टराई र अनिता घिसिङलाई फिचरिङ गरिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भिडियोलाई आयुष क्षेत्रीले निर्देशन गरेका हुन् भने सुशील डाँगीले छायाँकन गरेका छन् भने निराजन केशी को सम्पादन रहेको छ । त्रिसुलिको तिरै तिर”बोलको गीत ए सी इन्टरटेन्मेन्ट युट्युब च्यानल मार्फत बजार ल्याएको छ । हेर्नुहोस् भिडियो: