इटहरी । सोल्टिनी ज्यु एउटा पुर्बेली गीत हो गाउघरमा रहेको सोल्टिनिले पर्देशमा भएको सोल्टीलाइ कल्पना गरेर आफ्नै गाउ घरलाई समेटेर बनाइएको छ जसमा दिल दिवाना राई को शब्द रहेको छ ।
डि आर अटुको संगीत राजु कार्कीको एरेन्ज रहेको छ भने किशु गुरुङ र जिबिहान राईको आवाज रहेको छ यस गीतको म्युजिक भिडियोलाई भने गीतकार दिल दिवाना राई र SSOG परिवारले स्पोन्सर गरेको छ भने फुलन्देको आमा यानी कि उमेश राई मरिस्का पोखेर र अन्य कलाकारहरुले अभिनय गरेका छन । भने शिशिर श्रेष्ठले डाइरेक्टर गरेका छन ।
प्रबासमा रहेर पनि किशु गुरुङले आफ्नो कार्य ब्यस्तता सगै गीत संगीतलाई पनि निरन्तरता दिरहेकी छन प्रबास मै रहेर पनि किशु गुरुङले भने आहिले सम्म धेरै वटा गीतहरु बजारमा ल्याई सकेकी छिन जस्तै “तिमि हास बिहानी झै “पुर्ब झापा बिर्तामोड “मायाको चिनो “मलाई गोरि नभन मलाई काली नभन “हिस्सी परेको “सात समिन्द्र पारी ” डेटिङ तिर्ब”मै राम्री “जाले रुमाल “सोलु सरर “सोल्टिनी ज्यु “जस्ता गीतहरु बजारमा आई सकेका छन् भने केहि गीतहरु रेकर्डिङको क्रममा छ केहि गीतहरु अडियोमा छ ।
सार्वजनिक गीतमा मौलिक बाजा र संस्कृति झल्कने लोक लयलाई टप्पकै टिपिएको छ । संगीतकार डिआर अटुको पुर्वेली गीत दिक्तेल बजार एक्ले बर,चौबन्दी चोली,गुडी जाने रेल,झुम्के माया लगायतका सफल गीतमा संगीत दिएका पुर्वेली संगीतका बादशाह अटुको संगीतमा नयाँ गीत ‘सोल्टिनी ज्यु’ गीतको भिडियो बजारमा आएको छ ।
दिल दिवाना राईको गीतमा शब्द सिर्जना रहेको छ । मौलिक पनलाई गीतमा समेटेर पुर्वेली भाकाको विकाशका लागी केही योग्दान पुग्ने भन्ने विश्वास आफुलाई लागेको राईले बताए ।नवराज उप्रेतिको छायाँकन ,अमृत चापाँगाईँको सम्पादन तथा शिशिर श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । सोल्टिनी ज्यु गीतको भिडियोमा मरिष्का पोखरेल,उमेश राईको अभिनय तथा नृत्य रहेको छ ।
SSOG को अफिसियल च्यानलबाट सार्वजनिक भएको छ: हेर्नुहोस् भिडियो::



