काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७६/७७ को पूर्ण संघीय बजेट आज दिउँसो ल्याउँदै छ ।संघीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को साँझ ४ बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यसअघि दिउँसो २ बजे बस्ने राष्ट्रिय योजना आयोग र ३ बजे बस्ने मन्त्रिपरिषद बैठकबाट बजेट पारित गरिनेछ।

 

 

यस वर्ष सरकारले सार्वजनिक गर्ने बजेट दोस्रो पूर्ण संघीय बजेट हो । बजेटको सम्पूर्ण तयारी पूरा भएको अर्थ मन्त्रालयले जनाएको छ । करिब १६ खर्बकाे हाराहारीमा हुनेगरी बिनियोजन गरिएको यस वर्षको बजेटमा भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताइएको छ । राष्ट्रिय योजना आयोगले भने अर्थ मन्त्रालयलाई करिब १५ खर्ब बराबरको बजेट ल्याउन सीमा तोकेको थियो ।

 

 

अघिल्लो पटकको बजेट पार्टीकाे घोषणापत्र अनुसारको नभएको भन्दै आलोचित भएका अर्थमन्त्री खतिवडाले यसपटक केही लोकप्रिय कार्यक्रम समेटेर बजेट ल्याउने तयारी गरेकाे बताइएकाे छ छन्। मन्त्रालय स्रोतका अनुसार बजेटमा कर्मचारीको तलब २० प्रतिशतसम्म वृद्धि गरिँदैछ। वृद्ध भत्ता एक हजार रुपैयाँसम्म बढाउने सरकारको तयारी छ।

 

 

स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रममार्फत् सांसदहरुलाई यसअघि दिइएको ४ करोडमा डेढ करोड थपेर साढे ५ करोड पुर्‍याइएको बताइएको छ। सांसदहरुले भने यसलाई बढाएर १० करोड पुर्‍याउनुपर्ने माग गर्दै आएका छन्।

 

नयाँ बजेटका लागि १० खर्ब हाराहारी राजश्व उठाउने लक्ष्य लिइएको छ। ३ खर्ब ६६ अर्ब रुपैयाँ बैदेशिक ऋण तथा अनुदान र २ खर्ब १० अर्ब आन्तरिक ऋणमार्फत स्रोत जुटाइने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah