काठमाडौं – सरकारले सामाजिक सुरक्षा भत्ता १ हजार रुपैयाँ बढाएको छ ।
आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदको संयुक्त संसदमा पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले १ हजार भत्ता बढाउँदै ३ हजार रुपैयाँ पुर्याएको घोषणा गरेका हुन् ।

यससँगै ७० वर्ष पुगेका वृद्धवृद्धाले पाउँदै आएको भत्ता बढेर ३ हजार पुगेको छ । यस्तै एकल महिलाले पाउँदै आएको भत्ता १ हजारबाट बढेर २ हजार पुगेको छ ।



