काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटीतेलको मूल्य बढाएको छ । सरकारले बुधबार सार्वजनिक गरेको बजेटमार्फत पूर्वाधार शुल्कवापत डिजेल र पेट्रोलमा एक रुपैयाँ शुल्क वृद्धि गरेसँगै निगमले मूल्यवृद्धि गरेको हो ।

नयाँ मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १ सय ११ रुपैयाँ र डिजेल तथा मटीतेल ९८ रुपैयाँ ४० पैसा पुगेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आगामी आर्थिक वर्षको बजेट साउन १ गतेदेखि लागू हुने भएपनि निगमले बिहीबारदेखि नै मूल्य बढाएको हो ।

यसले उपभोत्तालाई असर परेको छ । पछिल्लो समय निगम नाफामा छ ।, समाचार कारोबार दैनिकले प्रकाशित गरेको छ ।