महेन्द्रनगर, जेठ १७ । कञ्चनपुरमा एक सवारी चालकले बिच सडकमै महिलामाथि कुटपिट गरेका छन् । आज दिउँसो जिल्ला सदरमुकाम महेन्द्रनगरको ट्राफिक चोकमा से १ ज १०९४ नम्बरको वीङ्गर गाडीका चालक गोकुल बोहराले सडकमै महिलामाथि कुटपिट गरेका हुन् ।
वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी नीरिक्षक मोहनजंग बुढथापाका अनुसार चालह बोहराले भाडाको विषयमा भएको विवादका क्रममा अपशब्द प्रयोग गरी दुव्र्यवहार गर्दै धनगढीकी लक्ष्मी धनाडीमाथि कुटपिट गरेका हुन् ।
चालक बोहराले धनगढीदेखि महेन्द्रनगरको एक सय ४० रुपैयाँ भाडा भएपनि चालकले दुई सय मागेको तर महिलाले दिन नमानेपछि गालीगलौज गर्दै कुटपिट गरेको बताए । चालकले अन्य यात्रुबाट समेत बढि भाडा असुलेको बुझिएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कुटपिट गर्ने चालकलाई प्रहरीले पक्राउ गरेको छ भने महिलाको महाकाली अञ्चल अस्पतालमा चेकजाँच भइरहेको जनाएको छ।
https://www.facebook.com/275700246214455/videos/2300968120123597/








