काठमाडौ, असोज ९ । चितवनको दारेचोकमा दुर्घटनामा परेका पूर्वमन्त्री माधव घिमिरेको खाजी कार्य आजका लागि स्थगित भएको छ । चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार गाडी घिमिरे आफैँले चलाएका थिए । ’पूर्व गृहमन्त्रीका घाइते निजी चालकका अनुसार पूर्व गृहमन्त्री घिमिरे आफैँले गाडी चलाइरहनु भएको थियो’, सिडिओ सिंहले भने । दुर्घटनामा घाइते भएका चालक विष्णु राई भरतपुर अस्पताल भर्ना गरिएको छ । सिडियो सिंहले राति भइसकेका कारण आजको लागि खोजी कार्य स्थगित गरिएको जानकारी दिए । उनले भने–राति भएकाले आजको खोजीकार्य रोकिएको छ । भोलि बिहानैदेखि फेरि टोली परिचालन हुन्छ । कार दुर्घटनामा ३ जनाको मृत्यु भएको र उनीहरुको पहिचान समेत भइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा घिमिरेकी आमा चैतन्यकुमारी, प्रहरी सई रामचन्द्र कार्की र नारायणप्रसाद काफ्लेको पहिचान भएको छ । अझै ३ जनाको अबस्था भने अञात छ । मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्किने क्रममा बा ९ च १५३१ नम्बरको कार चितवनको दारेचोकस्थित घोप्टेभीरबाट त्रिशुली नदीमा खसेको थियो ।
पूर्वमन्त्री घिमिरे दुर्घटना खोजी कार्य स्थगित, घिमिरे आफै चलाएका थिए गाडी
सवाल नेपालसंवाददाताआइतबार, ८ असोज २०७३

पूर्वमन्त्री घिमिरे दुर्घटना खोजी कार्य स्थगित, घिमिरे आफै चलाएका थिए गाडी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



