पछिल्लो समय करेन्ट लागेर दुवै हात र एक खुट्टा गुमाएका कृष्ण ओली सामाजिक सञ्जालमा भाईरल भएसँगै त्यस्ता पीडितहरु मिडियामा आउनेक्रम बढेको छ। कृष्ण जस्तै करेन्टबाट पीडित बनेकी बिराटनगरकी २२ वर्षीया मेघा घिमिरे युट्युब मार्फत सहयोगको अपिल गर्दै काठमाडौँ आएकी छन्। नेपाल आर्मी बनेर देशको सेवा गर्ने मेघाको सपना करेन्ट हात गुमेपछि चकनाचुर बनेको छ।

२०७२ सालमा हाइ भोल्टको करेन्ट लागेर दुबै हात गुमाउनु परेपछी उनको जीवनमा अन्धकार छाएको हो उनको विराटनगरकै विकास कार्कीसँग प्रेम बिबाह गरिन, सँगै जिउँने सँगै मर्ने प्रण गरेका विकासले उनी अपाङ्ग भएपछि साथ छाडिदिए, उनीसँग अहिले न आँसु पुछ्ने हात छ नत श्रीमानको साथ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दयनीय आर्थिक अवस्था भएका मेघाका बुबा पिएनको जागिर खान्छ्न् भने आमा एउटा झुल फ्याक्टीमा मजदुरी गर्छिन, उनको उपचारमा घर खेत समेत सकिएको र अहिले पनि मेघाको निरन्तर उपचार गर्नुपर्ने तर उपचारमा समेत अभाव भएपछि मिडिया मार्फत सबैसँग अपिल गर्दै मेघालाई लिएर उनकी आमा अहिले काठमाडौ आएकी छन्। बाकी भिडियोमा हेर्नुहोस ।