सीएनएन/सेन्सरसिपविरुद्ध फेसबुकको मुख्यालय अगाडि संयौं मानिसले नग्न प्रदर्शन गरेका छन्।फेसबुक र फेसबुकको मातहतमा रहेको अर्को एप इन्स्टाग्रामले ‘कलात्मक नग्नता’लाई आफ्नो सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि मानिसहरुले आतइबार न्युयोर्कस्थित मुख्यालयमा नग्न प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारीहरु नग्न भएर सडकमै सुतेको सीएनएनले जनाएको छ। ‘ह्यासट्याग विदिनिप्पल’को नाममा प्रदर्शन गरिएको हो। अन्तर्राष्ट्रिय कलाकार स्पेन्सर टुनिकको आह्वानमा प्रदर्शनको आयोजना गरिएको थियो।प्रदर्शनकारीले नग्नताले सहजता झल्काउँछ भने त्यसलाई नग्नता भन्न नहुने तर्क गरेका छन्। महिलावादी संस्था ‘ग्य्राब देम बाइ दि ब्यालोट’ले समेत प्रदर्शनमा भाग लिएका थिए।
फेसबुक र इन्स्टामा हाल नग्न तस्बीरलाई प्रतिबन्ध लगाइएको छ। फेसबुकले भनेको छ,‘हामीलाई थाहा छ कतिपय समयमा मानिसहरु नग्न तस्बीर कला र सिर्जनात्मक रुपमा सन्देश दिनका लागि प्रयोग गर्छन्। तर हाम्रो नियम अनुसार नग्न तस्बीर प्रतिबन्ध छ।’
नग्न तस्बीरले कतिपय समाजमा गम्भिर अवस्था निम्ताउने भएका कारण त्यस्ता तस्बीरलाई प्रतिबन्ध लगाइएको फेसबुकको भनाइ छ।प्रदर्शनकारीले नग्नता संवादको एक पाटो भएको बताउँदै यसलाई प्रतिबन्ध गर्न नहुने तर्क गरेका छन्। एजेन्सी



