रामेछाप । सुन्दा अचम्म लाग्न सक्छ, पानी खाने धारामा पनि ताल्चा लगाउछन् भनेर ! तर साँच्चै रातमा पानी चोरी हुने डरले मन्थली नगरपालिका –६  सिम्पानीका स्थानीय बासिन्दाहरुले धारामा नै ताल्चा लगाएर पानीको जोहो गर्ने गरेका छन् ।

 

१४ वर्षदेखि पर्याप्त मात्रामा वर्षात् नभएपछि खानेपानीको मुहान सुक्दै गएपछि आवश्यक पर्ने खानेपानीको जोहो गर्न स्थानीयले तीनधारा पँधेरामा ट्याङ्की निर्माण गरी धारामा ताल्चा ठोकेर सिम्पानीका स्थानीयवासिन्दाले खानेपानीको जोहो गर्दै आएका छन् ।

 

 

दैनिक रुपमा आवश्यक पर्ने खानेपानी सक्नेले रातभर पँधेरो नै खाली पारेर पानी चोर्ने गरेकाले अन्य उपभोक्ताहरुले खानेपानी नपाउने समस्या भएपछि धारामा ताल्चा लगाउने जुक्ति स्थानीयबासिन्दाहरुले निकालेका हुन । अहिले ताल्चा लगाएको धारामा दैनिक रुपमा २ घण्टा मात्र पानी थाप्ने समय छुट्ट्याइएको र बाँकी समयमा जतिखेर पनि धारामा ताल्चा लगाउने गरिएको छ । ताल्चा खोलेको दुई घण्टा भित्र कुनै घरबाट पानी लिन नआएमा पछि त्यो घरले खानेपानी पाउने छैनन् ।

 

अहिले सबै जनाले बराबरी पानी लान पाउने भएका छन् । धारामा ताल्चा लगाएपछि कसैलाई धेरै र कसैलाई थोरै हुँदैन बराबरी रुपमा पानी वाडेर खाने परिपाटीको विकास भएको स्थानीयउपभोक्ता दुर्गा श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘धारामा ताल्चा नलगाउन्जेलसम्म जस्को शक्ति उस्को भक्ति थियो । पानीको लागि गाउँमा रातभर सुत्नुभन्दा रातभर पानी ओसार्ने र दिनभर सुत्ने चलन नै बसेको थियो गाउँको । खानेपानीको वैकल्पिक व्यवस्थापन नहुँदा १४ वर्षदेखि धारामा ताल्चा लगाउनु परेको हो ।’

 

 

 

मध्य बर्खामा पनि पानीको समस्या हुने यो गाउँमा हिउँदको समयमा प्रत्येक घरमा दुई गाग्री मात्र पानी पुग्ने गरेको छ । त्यति पानीले मात्र नपुग्ने भएपछि पानी लिन अन्य गाउँमा २ घण्टा पैदल हिडेर जानु पर्ने बाध्यता सिम्पानी गाउँको छ । दैनिक रुपमा एक घरपरिवारको लागि १० देखि १५ गाग्रीसम्म पानी लाग्ने गर्दछ गाउँमा पानी नभएपछि घरमा पालेका पशुचौपाया समेत बिक्री गर्नुपरेको स्थानीय चेतबहादुर श्रेष्ठले बताउनुभयो ।

 

 

उहाँले भन्नुभयो ‘वर्षातमा त धेरै सजिलो हुन्छ किनकी आकाशबाट परेको पानी छानाबाट भुईँमा झर्न नदिइकन त्यसलाई संकलन गरेर ड्रममा राख्ने गर्दा अलि सजिलो हुन्छ । हिउँद लाग्नासाथ गाउँका सबैलाई खानेपानीको लागि टाउको दुखाइ हुने गरेको छ । पैसा हुने र अन्यत्र जग्गा जमिन हुने यो ठाउँ छाडेर बसाइँ सरिसके । अहिले गाउँमा मात्र २९ घरधुरी बसोवास गर्दै आएका छन् ।’

 

 

 

यसरी पानीको सास्ती खेप्दै आएका भलुवाजोर सिम्पानीका बासिन्दाहरुले अहिले धारामा ताल्चा लगाउने र खोल्ने पालो राखेका छन् । पालो परेको दिन ताल्चा खोल्ने र बन्द गर्ने काम सकेपछि भोलिपल्ट पालो पर्नेको घरमा साँचो बुझाउन जाने चलन रहेको छ ।  अहिले दैनिक प्रतिघर १ गाग्री पानी पालो लगाएर वितरण गर्ने गरिन्छ ।

 

 

गाउँमा हुने विवाह र मृत्युसंस्कार बाहेक अन्य समयमा पालेले बिहान ४ बजे पानी खोल्ने र ८ बजे बन्द गर्ने गरी नियम बनाएका छन् । यो नियमलाई उनीहरुले कडाईका साथ पालना गर्दै आएका छन् ।

 

 

 

खानेपानीको चरम समस्या भएको मन्थली नगरपालिका –६ का माथिल्लो भेगका उपभोक्ताहरुलाई तामाकोशी नदी किनारमा इनार बनाई लिफ्ट सिस्टममार्फत पानी गाउँमा पुर्‍याउने काम अघि बढाएको तीन वर्ष पूरा हुँदा पनि अहिलेसम्म योजना पूरा हुन सकेको छैन । बजेट अभावमा यो योजना पूरा हुन नसकेको डिभिजन खानेपानी कार्यालय रामेछापका इन्जिनियर नवराज सत्यालले जानकारी दिनुभयो ।उज्याजो अनलाइन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah