
दमक/देबीप्रसाद अर्थात गोपाल गुरागाइ । दमकका लागि नौलो नाम होइन । ब्यवसायीक होस या सामाजिक दुबै क्षेत्रमा उनको नाम उत्तिकै छ । सहकारी क्षेत्रमा पनि उनि कम छैनन् ।
उनि दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्षको जित नजिक रहेकाछन् । उनि बिमल खतिवडा नेतृत्वको प्रगतीशिल प्यानलका उम्मेद्वार हुन् । उनी यस क्षेत्रका पपुलर ब्यवसायी मानिन्छन् ।
जेसिज लगायतका संस्थामा रहेर उनले लामो समय काम गरे ।
दमक उद्योग बाणिज्य संघका हालका प्रथम उपाध्यक्ष रेहका गुरागाइ दमक ६ बजारमा लामो समयदेखि कपडाको ब्यवसाय गर्दै आएकाछन् । उनि इमान्दार र लगनशील ब्यवसायीको रुपमा स्थापितछन् ।
ब्ययापारीको समस्या तथा दुखसुखमा उनी पुगेका हुन्छन् । त्यसैले नै उनले आफ्नो पहिचानलाइ विस्तार गर्दै लगेकाछन् । बाणिज्य संघमा पनि उनको पहिचान महत्वपुर्ण छ ।
ब्यवसायीहरुलाइ एकीकृत गर्दै साधना सहकारी संस्थामा पनि अध्यक्ष रहेर लामै समय काम गरे । उनले जहाँ काम गरेकाछन् इमान्दारिता पुर्वक गरेकाछन् र आजसम्म कसैले पनि उनलाइ खोट लगाएको छैन ।
आफु सधै ब्यवसायीमाझ रहेको र ब्यवसायीको समस्या सामधानमा तल्लिन भएर लागेको स्मरण गर्दै यहि नै जितको आधार भएको बताउछन् । ब्यवसायीको समस्यालाइ नजिकबाट नियालेको त्यो सामधान गर्न आफु हिजो पनि लागेको र भोली पनि लाग्ने प्रतिबद्धता उनको छ ।




