काठमाडौं । साताको छैटौँ दिन आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार ६२ हजार ३०० रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज पनि स्थिर रहेर ६२ हजार ३०० रुपियाँ नै कायम भएको हो ।

त्यसैगरी, महासंघले आज तेजावी सुनको मूल्य प्रतितोलामा ६२ हजार रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५३ हजार ४१५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ५३ हजार १६० रुपियाँ कायम गरेको छ ।
त्यस्तै, चाँदीको मूल्य स्थिर रहेर ७१५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६ सय १३ रुपियाँ कायम गरेको छ ।



