दमक/कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारलाइ आक्रमक रुपमा अघि बडाउने क्रममा काठमाण्डौ महानगरपालिका वडा नं २६ स्थित ठमेलमा आफ्नो ८७ औं शाखा कार्यालय स्थापना गरि कारोबार शुरु गरेको छ।

बैंकका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले विहिबार संयुक्त रुपमा कारोबारको उद्घाटन गरेकाहुन् । बैंकका संस्थापक कृष्ण आचार्य तथा संचालक चतुराखर अधिकारीले बैंकले द्रूतगतिमा शाखा तथा कारोबार विस्तार गर्दै आएको बताएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यो सँगै ८७ वटा शाखा तथा ४० ATM मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले ABBS ,LatestInternet Banking andMobile Banking , C – ASBA लगायतका माध्यमबाट समेतसम्पूर्ण बैंकिंग सेवाहरु उपलब्ध गराउंदै आएको तथा समय सापेक्ष आफ्नो सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको बैकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले जनाए ।