समाचार बिश्लेषण

विष्णुप्रसाद पोखरेल

दमक/भदौमा दमक उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चयन हुँदैछ । दमक यस्तो ठाँउ हो जहाँ सडक उपभोक्ता समिति देखि लिएर खानेपानी उपभोक्ता समितिको निर्वाचन समेत भड्किलो हुदै आएको छ ।

 

 

तयारी पनि निक्कै अगाडिदेखि हुने गरेको छ । तर अत्यन्त महत्व राख्ने दमक उद्योग बाणिज्य संघको निर्वाचनको माहोल निर्वाचन आउन तीन महिना अघि समेत सुनसान देखिएको छ ।

 

 

जेठ  मसान्तसम्म नबिकरणको म्याद रहेकाले त्यो पछि चुनावी माहोल आउन सक्ने अड्कल गरिएको छ । तर बिगत जस्तो यो पटकको निर्वाचन भने नहुने अवस्था देखिन्छ ।

 

 

अघिल्लो पटक त्रीपक्षिय प्रतिस्पर्धाले दमक निक्कै तातेको थियो । स्वतन्त्रको रुपमा राजेन्द्र ढकालले बाजि मारेका थिए । अब यो पटक संघको नेतृत्वमा को आउला त ? चर्चा भने शुरु हुन थालेको छ ।

 

 

यो पटक बिगतमा जस्तो नेकपामा बिद्रोह हुन अवस्था देखिदैन । हिजो बिद्रोह गरेर निर्वाचन उठ्नेहरु पार्टीका बलिया समर्थक तथा कार्यकर्ताको रुपमा काम गरेर पार्टी भित्र लोकप्रीय नै बनेकाछन् ।

 

 

बर्तमान अध्यक्ष राजेन्द्र ढकालले दोर्याउने मनष्थिति राखेको भन्ने नेकपा पार्टीको श्रोतको भनाइ छ । तर ढकालले आफु सहमतिको बाधक नबन्ने र जसको नाममा सहमति हुन्छ उसलाइ सहयोग गर्छु भन्ने उनको भनाइ छ, पार्टीका एक नगर नेताले भने ।

अघिल्लो पटक स्वतन्त्र रुपमा उम्मेदवारी घोषणामा ढकाल, खतिवडा र आचार्य लगायत

 

 

ढकाललाइ अघिल्लो निर्वाचनमा दिलो ज्यान दिएर लाग्ने र पार्टीले अवसरको धेरै आश्वसन दिएपनि त्यसलाइ नकारेर ढकालको पक्षमा उभिएका अहिलेका बरिष्ठ उपाध्यक्ष बिमल खतिवडा र द्धितिय उपाध्यक्ष युवराज घिमिरे निर्णायक बन्ने अवस्था देखिन्छ । प्रथम उपाध्यक्ष गोपाल गुरागाइको भूमिका पनि निर्भर रहन्छ ।

 

 

खतिवडा बरिष्ठ उपाध्यक्ष भएकाले र बिगतमा ढकाललाइ जिताउन दिलोज्यान दिएकाले पनि उनको सम्भावाना बढि रहेको बजारमा चर्चा छ । यसो भएको अवस्थामा गुरागाइ बरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्न सक्छन् ।

 

 

खतिवडाले भने ब्यवसायी तथा सहकर्मीहरुको सल्लाह र सुझावको आधारमा अघि बढ्ने बताउदै आएकाछन् ।

 

 

पदाधिकारीमा युवराज घिमिरे, ज्ञानु पौड्याल, घनश्याम खनालको नाम बजारमा चर्चामा रहेको छ । बिमल नेपाल, महेन्द्र खड्का, पशुपति बराल पनि आँकाक्षि देखिन सक्ने बताईन्छ ।

काँग्रेसबाट को ?

अध्यक्ष बन्न एकपटक पदाधिकारी हुनुपर्ने सघले बिधान पास गरेकाले गोकु्ल श्रेष्ठ, प्रकश प्रशाइ, बबरजंग थापा र माधव पराजुलीको नाम चर्चामा रहेको छ । काँग्रेस गठबन्धन सहित संघको निर्वाचनमा आउन सक्ने बताइन्छ ।

 

 

गोकुल अघिल्लो पटक जित्ने दाउमा थिए । उनि जित्नेमा अन्तिम समयसम्म पनि आश्वस्त रहेपनि राजेन्द्र ढकालले बाजि मारेका थिए । यद्यपी अहिले श्रेष्ठ उम्मेदवारको रुपमा खुलेर भने आएका छैनन् ।

 

 

प्रशाइ संघमा प्रभावशाली मानिने ब्यवसायी हुन् । उनले बिगतमा पपुलर मत ल्याएर दुइ कार्याकाल अध्यक्ष बने । श्रेष्ठले उठ्न नमानेको अवस्थामा प्रशाइ पनि दर्बिला उम्मेदवार बन्न सक्छन् भन्ने चर्चा शुरु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय