भारतका पूर्वराष्ट्रपति एपीजे अब्दुल कलामकाे भाषण लेखेका वरिष्ठ कलाकार गिरीश कर्नाडको निधन भएको छ।

उनको ८१ वर्षको उमेरमा ब्यांग्लोरमा निधन भएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भारतको समकालीन लेखक, अभिनेता, चलचित्र निर्देशक एवं नाटककारको रुपमा चिनिएका उनले लामो समय साउथ इण्डियन र बलिउड फिल्ममा काम गरे। कर्नाड भारतीय साहित्यको सबैभन्दा महत्वपूर्ण अवार्ड ‘नानपिथ’ मा सन् १९९८ मा सम्मानित भएका थिए ।

‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’जस्ता महत्वपूर्ण सिनेमामा काम गरेका कर्नाडले ‘हयवदना’, तलेडेंगा र नगा मंडलाजस्ता महत्वपूर्ण कृति प्रकाशन गरेका छन् ।