काठमाडौं, जेठ २८ । साताको तेस्रो दिन मंगलबार पनि बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

सोमबार प्रतितोला सुनको मूल्य ६२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६२ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
यस्तै, सोमबार तेजावी सुनको मूल्य ६२ हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६२ हजार रुपैयाँमै कारोबार भइरहेको छ ।
त्यसैगरी, सोमबार चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।



