काठमाडौं । अर्जुन र भगवान श्रीकृष्णबीच कुनै रगतको सम्बन्ध थिएन । दुवै बीच जुन सम्बन्ध थियो त्यो आत्माको थियो, शरीरको थिएन । भगवान कृष्ण र भीष्म पितामह बीच पनि त्यहि आत्मिक सम्बन्ध थियो जुन सम्बन्धको कारण भगवानले आफ्नो प्रतिज्ञालाई पनि तोड्नुभयो।

जब भगवान श्रीकृष्ण बाणको शैयामा सुतेका भिष्म पितामह भएको ठाँउमा जानुभयो तब भीष्म पितामहले प्रार्थना गर्न थाले, ‘हे भगवान ! तपाईले यी सारा लीला रचेर आफ्ना भक्तलाई बचाउनुभयो । दुष्टहरुको नाश गर्नुभयो र हामीलाई निमित्त बनाएर यस पुरै युद्धको रचना गर्नुभयो । हे भगवान् अब ममाथि कृपा गर्नुहोस । तपाई कति दयालु हुनुहन्छ कि युधिष्ठिरहरुको साथमा आएर, अनायासै मैले नबोलाइ मलाई दर्शन दिन आउनुभयो। कृपा गर्नको लागि मेरो सामु उपस्थित हुनुभयो । हे प्रभु मेरो कोटी कोटी प्रणाम छ।’

हे भगवान ! युद्धको सुरुवात भन्दा पहिले तपाईले जब शंख बजाएर यो प्रतिज्ञा गर्नुभएको थियो कि युद्धमा म अस्त्र शस्त्र धारण गर्नेछैन तब मैले आफ्नो मनमा सोचे कि वाह प्रभु ! यो युद्ध तपाईकै रचना हो र तपाई युद्ध नगर्ने, यो कसरी हुन सक्छ, म तपाईको यस प्रतिज्ञालाई अवश्य तोड्नेछु । भगवान ! त्यहाँ तपाई अर्जुनको रथलाई हाकि रहनुभयो, त्यसको रेखदेख गरिरहनुभयो र यता म आफ्नो तरकसबाट बाणहरु निकालेर एक एक गरि प्रहार गरि रहे । मैले यती प्रहार गरेकि तपाई पनि घायल हुनुभयो, अर्जुनको रथको पताका पनि तोडियो, उसको रथको पाङ्ग्रा तोडियो र जब अन्तिम बाणबाट म अर्जुनलाई समाप्त गर्न गइरहेको थिए सो समय तपाईले टुटेको रथको पाङ्ग्रालाई सुदर्शन चक्र जसरी औलामा धारण गरेर मेरो वध गर्नको लागि मलाई ललकार्नुभयो ।

हे प्रभु! वाणबाट मैले जहाँ जहाँ तपाईको शरीरमा छेदन गरे त्यहाँ त्यहाँ रगत निस्किएको थियो र त्यो रगत ती घाउमा यस प्रकार उम्लिएको थियो कि जस्तै रातो रुवी रत्न सुशोभित भैरहेको होस् । तपाईको निधारमा जुन पसिनाको थोपा आइरहेको थियो त्यसले तपाईको दिव्य रुप देखिरहेको थियो कि मानौ कुनै व्यक्तिले तपाईको अनुहारमा मोती लगाइदिएको होस । त्यस पश्चात जब टुटेको रथको पाङ्ग्रा लिएर जब तपाई म भएतिर आउनुभयो मैले तपाईलाई स्वागत गरे र भने भगवान तपाईको प्रतिज्ञा त मैले भंग गराए, अब मेरो वध गरिदिनुहोस ।

तपाईको हातबाट मेरो मृत्यु होस, यस्तो महान मृत्यु मलाई कहिले र कसरी प्राप्त हुन्छ यही मेरो इच्छा थियो । सो समय अर्जुन तपाईको चरण समातिरहेको थियो र भनिरहेको थियो कि भगवान तपाई आफ्नो प्रतिज्ञालाई याद गर्नुहोस । तर तपाई आफ्नो खुट्टालाई छोडाएर मतर्फ ललकार्दै दौडिनुभयो । तब सबै धर्ती काप्न थाल्यो जब तपाईले आफ्नो पीताम्बर धर्तीमा फ्याक्नुभयो ।

सो समय धर्ती यसकारण कापिरहेको तियो कि त्यहाँ कुनै भुकम्प आएको थिएन तर धर्ती यस चिन्ताबाट कापी रहेकी थिइन् कि आज भगवानले आफ्नो प्रतिज्ञा तोड्नुभयो । धर्ती सोच्न थालीन कि भगवान यस कुराको लागि कटिबद्ध हुनुहुन्छ कि जबजब धर्तीमा पाप बढ्नेछ तब तब सो पापको हरण गर्न भगवान आउनुहुनेछ । अब जब भगवानले आज आफ्नो प्रतिज्ञा भंग गरेपछि कतै उहाँले मलाई दिएको प्रतिज्ञाको विर्सनु भयो की भन्ने सोचेर पृथ्वी काप्न थालिन् ।

भिष्म पितामह भन्छन् – भगवान सो समय पृथ्वीलाई सहारा दिनको लागि तपाईले आफ्नो पीताम्बरीलाई छोडदिनुभयो त्यसले धर्तीलाई ढाकिदिनुभयो र भन्नुभयो कि चिन्ता नगर धर्ती यो त मात्र आफ्नो भक्तको लागि हो जो आत्माबाट मेरो अंश भएको छ, त्यस अंशको रक्षा गर्नको लागि मैले आफ्‍नो प्रतिज्ञा तोडेको हुँ ।

यसप्रकार जससँग भगवानको आत्मिक सम्बन्ध हुन्छ त्यसको लागि भगवान आफ्नो प्रतिज्ञा तोडिदिनुहुन्छ । जो आत्मालाई छोडेर केवल शरीरसम्म मात्र सिमित रहन्छ त्यो हंस वंशको हुनेछैन किनभने उ भित्र विद्यमान आत्म तत्वसँग सम्बन्ध स्थापित छैन र यस्ता मानिसको उद्दार हुनेछैन । भन्नुको अर्थ जो शिष्य गुरुको आज्ञामा रहेर भक्ति गर्छ उसको गुरुसँग आत्मिक सम्बन्ध स्थापति हुन्छ । तर जो जीवनमा आत्माको महत्व बुझ्दैनन् उसँग सम्बन्धविच्छेद हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah