दमक/एउटा निष्ठान ब्याक्ति । सादकी जिबन । कुनै अहंकार नबोकि लगातर सामाजिक र राजनीतिक क्षेत्रमा एउटा चिनिएको र सम्मानयोग्य नाम हो रोमनाथ ओली । दमक नगरपालिका पूर्व मेयर समेत भइसकेका उनि अहिले पनि दमकमा सर्वधिक रुपमा मेयरको उम्मेदवारको चर्चा गरिएका ब्याक्ति बनेकाछन् ।

नेकपा एमालेबाट सम्भावित मेयरका उम्मेद्वार ओलीको चर्चा उनको सादकी जिबन र अहिलेसम्मको निष्ठावान कार्यशैलीसंग जोडिएर हेर्ने गरिएको पाइएको छ । उनले आफूले भने अहिलेसम्म उम्मेद्वारीको बिषयमा केहि पनि बोलेका छैनन् । पछिल्लो पटक जनताबाट निर्वाचित मेयर उनै भएकाले पनि उनको चर्चा फेरी चल्नु कतिपयले स्वभाविक पनि मान्ने गरेकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मेची सहकारी संस्थाका अध्यक्ष, सामुदायिक प्रहरी दमकका पूर्व प्रमुख, मदनभण्डारी स्मृती प्रतिष्ठान लगायतका थुप्रै संघसंस्थामा सफल नेतृेत्व गरेका उनि आफ्नो पार्टीमा मात्र नभएर अन्य पार्टीका कार्यकर्तामाझ पनि सालिन ब्याक्तिको रुपमा परिरिचत रहेकाछन् जसका कारण उनको चर्चाले अन्य पार्टीका उम्मेदवारहरुलाइ पनि झस्काउने गरेको पाइएको छ । नेकपा एमालेभित्र थुप्रै मेयरको उम्मेदवारका लागि लाइनमा रहेकाछन् र आफ्नो इच्छा रहेको दर्शाएकाछन् । यद्यपि कार्यकर्ता र चियागफहरुमा पूर्व मेयर समेत रहेका ओलीको चर्चा बढि रहेको छ ।

नयाँ पुस्तालाइ जिम्मेवारी दिनुपर्ने कुरा उठे पनि पनि ओलीको नाम आउदा पनि मौन बस्ने अवस्थाले गर्दा पनि ओली सबैमाझ लोकप्रीय नै मानिन्छन् । आजसम्म कसैलाइ नबिजाएका कारण र कहिकतै कुनै बिबादमा नपरेकाले उनको नाम यसरीमा चर्चामा आएको बुझ्नेहरुको पनि कम छैनन् ।

ओलीले साथीभाइ र कार्यकर्ताहरुले आफ्नो नाम चर्चा गरेको आफूले पनि सुनेको बताउदै आफू त्यसमा नकारात्मक नरहेको जनाए । सबैको चाहाना र पार्टीले जिम्मेवारी दिएमा आफू पार्टीको र कार्यकर्ताप्रतिको बफदारीतालाइ सम्मान गर्ने ओलीको भनाइ रहेको थियो ।