काठमाडौं – आजकल आफूलाई फिट राख्न र मोटोपनबाट बच्न जिम जाने अनि कसरत गरेर पसिना बगाउने काम धेरैजनाले गर्ने गरेका छन् ।
तर एक यस्ती युवती छिन् जो जिममा पसिना नभई रगत बगाउँछिन् ।

इटलीमा बस्ने २१ वर्षीया एक युवतीमा यो समस्या देखिएको हो । उनले जिममा शारीरिक व्यायाम गर्दा शरीबाट रगत निस्कन्छ र शरीर रक्ताम्य हुन्छ ।
कसरत गर्दा युवतीको शिरदेसख हत्केलासम्मबाट रगत निस्कन्छ । चिकित्सकहरू पनि युवतीको पसिना ननिस्केर किन रगत निस्किरहेको छ भनी छक्क छन् ।
उनको स्वास्थ्य परीक्षण गर्दा उनलाई ब्लड स्वेटिङ नामक रोग रहेको पत्ता लाग्यो । यो रोग लाग्दा पसिनाको साटो रगत बग्छ ।
अहिले उनको उपचार इटलीमै भइरहेको छ । चिकित्सकहरू उनको रक्तचाप नियन्त्रित गरेर ब्लड स्वेटिङ रोक्न कोशिश गरिरहेका छन् । तर युवती ठीक भइसकेकी छैनन् ।
एजेन्सी



