काठमाडौं । आज आईतबार सुनको भाउ झन् उकालो लागेको छ । आज छापावाल सुन प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि छापावाल सुन ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि उकालो लागेको छ। आज तेजावी सुन प्रतितोला ६२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज सुनसँगै चाँदीको भाउपनि उकालो लागेको छ। आज चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी प्रतितोला ७१५ रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।