नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज प्रतितोला ६५ हजार रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। हिजोको तुलनामा सुन प्रतितोला १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन पनि सुनको मूल्य प्रतितोला ६४ हजार रुपैयाँ पुगेर इतिहासकै नयाँ रेकर्ड कायम गरेको थियो। त्यो रेकर्ड एकै दिनमा तोड्दै ६५ हजार प्रतितोलामा कायम भएको छ। ठीक एक महिनाअघि जेठ ९ गते सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

एक महिनादेखि सुनको मूल्य निरन्तर उकालो लागिरहेको तथ्यांकले देखाउँछ। एक महिनाकै अवधिमा सुनको मूल्य ५ हजार ८ सय रुपैयाँले बढिसकेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको असर नेपाली बजारमा परेको सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउँछन्। ‘शक्तिशाली मुलुकहरुबीच अहिले अलिक विवाद बढेजस्तो देखिएको छ, त्यसले अन्तर्राष्ट्रिय बजारमा नै सुन महँगियो, नेपालमा असर पर्यो’ उनले भने।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेको छ। शुक्रबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १३९५ डलर नाघेको छ।

इरान र अमेरिका बीचको तनाव बढ्नु, अमेरिकासँग चीन र भारतको व्यापार विवाद कायम हुनुले सुनको मूल्य बढेको महासंघको ठहर छ। अन्तर्रा्ष्ट्रिय द्वन्द्व बढ्दा लगानीकर्ता सुनतर्फ आकर्षित हुने र त्यसले माग बढाउने भएकाले मूल्य महँगिने गरेको व्यवसायी बताउँछन्।

अन्तर्रा्ष्ट्रिय क्षेत्रमा चलिरहेका यी विवाद नसुल्झीए सुनको मूल्य अझै बढ्नसक्ने व्यवसायी बताउँछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah