अम्बिका खनाल राजनीतिमा दमकका लागि नौलो नाम होइन । नेकपा एमालेका दमक नगर कमिटीका पूर्व अध्यक्ष र बर्तमान इन्चार्ज रहेका खनाल राजनीतिक रुपमा दमकमा एउटा स्थापित नाम हो । दमक नगरपालिकामा संयन्त्रमा रहदाहोस या अन्य अवस्थामा बिकास निर्माणको काम अग्रणि रुपमा नै देखिने उनको यतिखेर मेयरको उम्मेदवारको रुपमा चर्चा शुरु भएको छ ।

स्थानीय तहको निर्वाचन घोषणा र त्यसपछि जनप्रतिनिधिहरुको को को बन्लान भन्ने बहस भइरहदा उनको नाम चिया पसल देखि राजनीतिक छलफलहरुमा समेत आउने गरेको पाइएको छ । सामाजिक र राजनीतिक रुपमा निडर स्वभावको ब्याक्तित्वको रुपमा छबि बनाएका खनाल मेयरका लागि पार्टी भित्र प्रमुख दाबेदारभित्र नै पर्ने एमालेका कतिपय नेता कार्यकर्ताहरु बताउछन् ।

पार्टीले बिधि र प्रक्रिया पुर्याएर उम्मेदवार छान्ने बताउदै आफू त्यसमा पर्ने अपेक्षा रहेको उनले जनाए । सवाल नेपाल संगको कुराकानीमा उनले अहिले दमकमा शुरु भएका गौरवका योजनाहरु एमालेको पहलमा नै आएकाले एमालेका जो उम्मेदवार भएपनि अत्याधिक मतले जित्ने र पार्टीले आफ्नो पक्षमा निर्णय नगरे जसलाइ गर्छ उसलाइ जिताउन आफू लागि पर्ने बताए ।  कस्ले कति खटेको छ त्यो मूल्याङ्कन जिम्मेवार तह देखि लिएर कार्यकर्ता र दमकबासीले नियालेकाले अब एमालेको जित निश्चित रहेको उनको भनाइ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah