काठमाडौं। वैवाहिक जीवनमा वाद विवादको स्थिति त्यतिबेला देखिन्छ, जतिबेला श्रीमान–श्रीमतीबीच तालमेल हुँदैन। जब श्रीमान, श्रीमती आफूलाई धेरै महत्व दिन थाल्छन्, तब सबै समस्याको सुरुवात हुन्छ। वैवाहिक जीवनमा एकअर्काप्रति समर्पणको भाव हुन आवश्यक हुन्छ।

समर्पण अर्थात स्वयंलाई र सबै सुख सुविधा जीवनसाथीलाई समपर्ण गर्नु। आफूलाई महत्व नदिइकन, जीवनसाथीलाई महत्व दिनु नै समपर्ण भाव हो। रामायणमा श्रीराम र सीताको वैवाहिक जीवनमा एकअर्काप्रति पूर्ण समपर्णको भाव एक प्रसंगमा देखिन्छ।

श्रीरामले वनवास जानुपर्ने भयो । तर श्रीराम सीता वनवास नगए हुन्थ्यो भन्ने चाहन्थे। आमा कौशल्यासँग सीता अयोध्यामा नै बसुन भन्ने श्रीरामको चाहना थियो। कौशल्या पनि सीता वनवास नजाउन भन्ने चाहन्थिन्।

सासू, बुहारी र छोरी, यहाँ तीनै जनाबीच यस्तो अवस्था बन्यो की त्यस्तो अवस्थामा वैवाहिक जीवन संकटमा पर्न सक्थ्यो। तर, श्रीरामको धैर्य, सीता र कौशल्याको बुझाईले रघुबंशको इतिहास नै परिवर्तन गरिदियो।

श्रीरामले सीतालाई सम्झाउँदै वनमा धेरै प्रकारका कस्टको सामना गर्नुपर्ने, भयंकर राक्षसले दुख दिने, घाम–पानीको सामनाम गर्नुपर्नेलगायतका सबै कुरा बताए। यस्ता दुख कष्टको सामना गर्न सीता जस्ती राजकुमारीबाट संभव नहुने भन्दै श्रीरामले सीतालाई सम्झाए।

श्रीरामले सीतालाई धेरै सम्झाए, तर सीताले मानिन् र श्रीरामसँगै वनवास जान श्रीराम र माता कौशल्यालाई मञ्जुर गराइन्। सीताले श्रीरामप्रति समपर्ण भाव दर्शाइन् र आफ्नो स्वामीसँग वनवास गइन्।

समर्पणको यही भावनाका कारण श्रीराम र सीताको वैवाहिक जीवन दिव्य मानिन्छ। हामीले पनि वैवाहिक जीवनमा श्रीमान श्रीमतीबीच प्रेम बनाइ राख्न सक्यौं भने वैवाहिक जीवन सु्न्दर हुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय