टोक्यो। जापानमा मानिसहरु समयको एकदमै पक्का हुन्छन् । कुनै पनि सेवामा ढिलाइ भयो भने कम्पनीले तत्कालै सार्वजनिक रुपमा माफी माग्नुपर्छ । केही हप्ताअघि दक्षिणी जापानमा विद्युत आपूर्ति बन्द हुँदा २६ ट्रेन ठप्प भए । यसका कारण १२ हजार यात्रु प्रभावित भए ।

रेलवेले घटनाको जाँचको आदेश दियो । एक हप्तापछि रिपोर्ट आयो । रिपोर्टमा माफी माग्नुको सट्टा एउटा शंखेकिरालाई जिम्मेवार ठहर गरियो । रेलवे अधिकारीका अनुसार यो पहिलो पटक भएको हो भनेर भन्न सकिने अवस्था छैन तर घटना निकै अनौठो छ ।

३० मेका दिन विद्युत आपूर्ति अवरुद्ध भएपछि क्युशु रेलवे कर्पोरेशनको सेवा प्रभावित भएको थियो । यसका कारण कम्पनीका २६ ट्रेन ठप्प भएका थिए । कम्पनीका प्रवक्ताका अनुसार ‘यो घटनाको लागि एउटा शंखेकिरा जिम्मेवार छ । पहिले हामीलाई लागेको थियो कि पावर सिस्टमको भित्र जिउँदो किरा छ । तर त्यहाँ एउटा मरेको शंखेकिरा भेटियो ।’ स्थानीय मिडियाका अनुसार शंखेकिरा भित्र जाँदा विद्युत उपकरणमा शर्ट सर्किट भयो र विद्युत आपूर्ति बन्द भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah