दमक/माओबादी केन्द्रका नेता तथा दमक नगरपालिकाको लागि मेयरका उम्मेद्वार रहेका गगन पुरीले दमकलाइ नेपालको यूरोप बनाउनका लागि आफूजस्तो चमत्कारिक र च्याम्पीयन लिडर अरु कोहि पनि नभएको बताएकाछन् । सवाल नेपाल यू ट्यूव टिभिका लागि सम्पादक बिष्णुप्रसाद पोखरेलसंग कुराकानी गर्दै पुरीले आफ्नो सम्बन्ध बिश्वका शक्तिशाली राजदूत देखि लिएर नेपालका सबै राजनीतिक दलका नेतासम्म रहेको भन्दै यस्तो बताएकाहुन् ।
पूर्वमा नै आफूसंग बिकासका लागि प्रतिस्पर्धा गर्ने केपी शर्मा ओली बाहेक कोहिसंग पनि प्रतिस्पर्धा नरहेको पनि जनाएकाछन् । दमकले अब यहाँका सानातिना नगरपालिकासंग प्रतिस्पर्धा नगर्ने र देशका महानगरसंग प्रतिस्पर्धा गर्न सक्ने बनाउने आफ्नो हैसियत रहेको दाबी गरेकाछन् । काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओबादी केन्द्र अध्यक्ष प्रचण्डसम्मलाइ परिचालन गर्ने क्षमता आफूसंग रहेको र मेयरपछि साँसद हुदै देशको नेतृत्व गर्ने उनले बताए । हेर्नुहोस भिडियो
https://www.youtube.com/watch?v=aMy1x506QmY&t=5s



