बिष्णुप्रसाद पोखरेल

दमक/ नेपाली राजनीतिमा भारतीय गुप्तचर संस्था ‘र’ बहुचर्चित छ । सरकार बनाउदाहोस् या भत्काउदा उसको हात रहेको भन्ने सुनिन्छ । ठूलाठूला परिवर्तनमा भाँजो हाल्ने देखि लिएर नेपालका कतिपय नेताहरु पाल्ने गरेको सम्म सुनिदै आएको हो । दमकमा अहिले भारतीय ‘र’ नभएर स्थानीय झापाको दमकमा चर्चित ‘र’ हरुको सक्रियता रहेको छ ।

मेयरको दौडधूपमा ‘र’ बाट नाम उठेकाहरु नै बढि सक्रिय रहेकाछन् । नेकपा एमालेबाट पुराना नेता एवं दमक नगरपालिकाका पूर्व मेयर समेत रहेका रोमनाथ ओली, नेपाली काँग्रेसका नेता तथा दूइपट दमकमा वडाध्यक्ष जितिसकेका रोशन गौतम, एकीकृत नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य तथा मेयरका उम्मेदवार रेवतीराज पुरी गगन र राप्रपा नेपालका सहमहामन्त्री तथा राजाकालिन समयमा मेयर बनेका राम थापा मेयरको दौडमा रहेकाछन् । रेवतीराज पुरी र राम थापा मेयरका कन्फर्म उम्मेद्वार हुन् ।

नेपाली काँग्रेसभित्र ४ जनाभन्दा बढिले मेयरको दाबी गरेकाले नगर सभापति रोशन बिष्ठको पनि भूमिका महत्वपूर्ण नै हुनेछ । आफू नेबि संघको झापा जिल्ला सभापति र नगर सभापति समेत भएकाले मेयरका लागि नै योग्य भएको समेत बिष्ठले पनि बताउदै आएकाछन् । यद्यपि उनि अरुजस्तो दौडमा छैनन् । नगर सभापति पनि ‘र’ बाट नै नाम उठेका भएकाले ‘र’ निर्णायक तहमा पनि ‘र’को भूमिका नै रहने छ ।

नेपाली काँग्रेसबाट मेयर दाबी गरिरहेको गौतमले ठट्यौली गर्दै भने—‘एकपटक ‘र’ हरुलाइ दमकमा भिड्ने मौका दिए राम्रो हुन्थ्यो ।’ दमकमा ‘र’ नामबाट उठेकाहरु नै बढि चर्चा रहेकाले धेरैजसो भिडन्त उनिहरुबीच नै हुने समेत देखिएको छ । दूइ ‘र’ रेवतराज पुरी र राम थापा त मत माग्न थालिसकेकाछन् । एमालेका ‘र’ रोम ओलीको पनि पार्टीमा मेयरको उम्मेद्वारमा बलियो सम्भावाना रहेको छ । काँग्रेसबाट भने घनेन्द्र सुब्बा र ढुण्डिराज भण्डारीको बढि चर्चा रहदै आएको छ । यद्यपि काँग्रेसबाट पनि ‘र’ बाटै रोशन गौतमको दाबी अन्तिम अवस्थासम्म रहने निश्चित छ । अब ‘र’ ले दमकलाइ कहाँ पुर्याउने हुन त्यो हेर्न भने केहि बर्ष पर्खनु पर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah