काठमाडौं, १० असोज । त्रिशुली नदीमा जीप खसेर वेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे लगाएत तीन जनाको खोजी कार्य जारी रहेको छ । वेपत्ताको खोजीका लागि करिब दुई सय सुरक्षाकर्मी परिचालन भएका छन् । आइतबार रातभर खोजी गरिए पनि जीप र घिमिरे परिवारका सदस्य फेला परेका छैनन् । र, खोजी कार्य बिहान पनि जारी राखिएको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा सोमबार यातायात मन्त्री रमेश लेखक पुगेका छन् । उनले दुर्घटनास्थलको अवलोकन र वेपत्ताहरुको खोजी कार्यबारेमा जानकारी लिएका छन् । मुग्लीनबाट काठमाडौं तर्फ आउँदै गरेको जीप आइतबार साँझ पाँच बजे घोप्टेभीरबाट करिब तीन सय मिटर तल त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा घिमिरेकी आमा ८० वर्षीय चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको निधन भएको थियो ।
यातायात मन्त्री रमेश लेखक दुर्घटनास्थल पुगे, पूर्वमन्त्रीको खोजीमा दुई सय सुरक्षाकर्मी परिचालन
सवाल नेपालसंवाददातासोमबार, ९ असोज २०७३
यातायात मन्त्री रमेश लेखक दुर्घटनास्थल पुगे, पूर्वमन्त्रीको खोजीमा दुई सय सुरक्षाकर्मी परिचालन
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



