काठमाडौं । आज  नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ। केहि दिन देखी इतिहासकै उच्च विन्दूमा पुगेको सुनको भाउ बुधबार ५ सय रुपैयाँले घटेर ६५ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज  पनि छापावाल सुन प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन ६४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले डिसी नेपाललाई जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

 आज सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने ओरालो लागेको छ । आज चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ। हिजो चाँदी ७ सय ३५ रुपैयाँमा कारोबार भएको थियो। काठमाडौँ उपत्यका बाहेकका स्थानमा भने सुन चाँदीको मुल्य केही बढी पर्न सक्ने छ।