वैवाहिक सम्बन्धमा गाँसिएपछि हरेक पति पत्नीले एक अर्काको दुखमा साथ दिने र सुख बाढ्ने प्रतिज्ञा गरेका हुन्छन। उनीहरु जीवन उज्जवल बनाउन वा भविष्यका लागि कडा मेहेनत र परिश्रम गर्ने गर्छन। केही पुरुषहरु श्रीमती को इच्छा चाहनाको ख्याल नगर्ने प्रकृतिका हुने गरेका भएपनि केहि भने आफ्ना पत्नीलाई खुशी र सुखी राख्न हरदम प्रयासरत रहने गर्छन।

सुखी र खुशी जीवन जिउनका लागि आफ्नो ग्रह र राशीमा भर पर्ने कुरा वस्तु शास्त्रमा उल्लेख गरिएको छ। यति मात्र नभई कुनै पनि दम्पतिले सुखी र खुशी जीवन बिताउन दुवैले धेरै विषयमा सम्झौता गर्नुपर्ने हुन्छ। त्यसमा पनि पत्नीले अझ ध्यान पुर्याउन आवश्यक हुन्छ। आज हामी तपाईहरुलाई आफ्ना पतिको अगाडी पत्नीले निभाउने पर्ने केही भूमिकाहरु बताउन जाँदै छौँ जसबाट कुनै पनि दम्पतिको जीवन सुखमय बित्न सक्नेछ।

आफ्नो श्रीमानको कमजोरी पक्षहरु घरका व्यक्ति , माईती वा आफ्ना साथीसँग खोल्नु हुँदैन। हरेक दिन आफ्नो श्रीमानसँग सल्लाह गर्दा पहिले उसको मुड फ्रेश हुने खालका कुराहरु गर्न आवश्यक हुन्छ।
महिलाले कुनै पनि परिस्थितिमा आफ्नो श्रीमानलाई पुर्व प्रेमी वा अन्य कुनै व्यक्तिसँग तुलना गर्नु हुँदैन।, जुनसुकै परिस्थितिमा पनि अन्य व्यक्तिलाई आफ्नो पतिको ख्याल राख्ने जिम्मा दिनु हुँदैन। ती व्यक्तिहरुले तपाई वा श्रीमानबाट फाइदा उठाउने प्रयास गर्न सक्छन।
–लामो समयसम्म शारिरिक सम्बन्ध राख्न नपाए पुरुषहरुमा तनाव बढ्ने हुँदा यसमा विषयमा उनीहरुको प्रस्तावलाई बुझ्ने प्रयास गर्नुपर्छ। यदि तपाई परिवारको सबै सदस्यसँग छलफलमा हुनुहुन्छ भने आफू भन्दा पहिला श्रीमानलाई बोल्न दिने र आफू सुन्ने गर्नुहोस्। पहिला आफू बोल्नु उचित हुँदैन। महिलाहरुले आफ्ना बालबच्चाको अगाडी कहींले पनि श्रीमानलाई गाली गर्नु हुँदैन। यसो गर्दा बच्चामा नकारात्मक असर पर्ने गर्छ। हरेक पत्नीले कार्यलय र घरको काममा मात्र व्यस्त नभएर आफ्ना पतिको लागि नियमित रुपमा समय निकालेर सल्लाह गर्न आवश्यक हुन्छ। दुई जना बीच दिनभर भएका कार्य र तिनको उपलब्धि बारे एकअर्कालाई जानकारी गराऊन आवश्यक हुनेछ।

– कुनै पनि श्रीमतीले अरुको काम र सम्पति सँग आफ्नो श्रीमानलाई जोड्ने र यस्तो विषयमा कुरा उठाउने गर्नुहुँदैन। यसबाट उनीहरुमा नकारात्मक प्रभाव पर्ने र अनैतिक कार्यमा संलग्न हुन सक्ने हुँदा यस विषयमा विशेष ध्यान पुर्याउनु पर्छ। कुनै पनि बेला आफ्नो श्रीमानको अगाडी उसको साथीको विषयमा नराम्रो कुरा नगर्नुहोस।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah