दमक/झापाको दमकमा उपमेयरका उम्मेद्वार को बन्लान ? भनेर चर्चा परिचर्चा शुरु भएको छ । लामो समयपछि स्थानीय तहको निर्वाचन हुनलागेपछि र अनिवार्य रुपमा मेयर नभए उपमेयर र उपमेयर भए मेयर महिला उठाउनु पर्ने प्रवाधानका कारण यसपटक दमकमा उपमेयरमा महिलाहरुको चर्चा भइरहेको छ ।
बिकास र हरेक दृष्टिले दमकलाइ महत्वका साथ हेरिने गरेको छ । अझ नेकपा एमालेका अध्यक्ष र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर भएकाले यहाँ मेयर र उपमेयरको उम्मेद्वारहरुलाइ महत्वका साथ हेरिने र यहाँको चर्चा बढि हुने गरेको पाइन्छ । देशको सबैभन्दा ठूलो राजनीतिक दल नेपाली काँग्रेसबाट मेयरमा रेगिना भट्टराइ प्रसाइ, चन्द्रा खड्का भट्टराइ, लता चापागाइ, मन्दरा पौड्याल र गोमा प्रसाइ बुढाथोकीको चर्चा धेरै रहेको छ ।
अहिले आआफ्नो ठाँउबाट उनिहरु टिकट लबिङमा रहेको बताईएको छ । रेगिना प्रसाइ अहिले नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघकी क्षेत्रिय अध्यक्ष हुन् । उनि दमक जेसिसको पहिलो महिला अध्यक्ष भएर सामाजिक अभियानमा समेत दमकमा चिनिएको नाम हो । भट्टराइको सम्भावाना प्रवल रहेको बताइन्छ ।
चन्द्रा खड्का नेपाल महिला संघकी पूर्व क्षेत्रिय अध्यक्ष तथा हाल महिला संघकी महाअधिवेसन प्रतिनिधि हु । सामाजिक रुपमा उनि सहकारीकर्मी महिलाको रुपमा समेत परिचित रहेकीछन् । उनको सम्भावाना पनि बलियो रहेको काँग्रेसका कतिपय नेताहरुले बताएकाछन् ।
महिला नेतृ लता चापागाइ नेपाल महिला संघकी पूर्व दमक नगरसभापति र महिला संघकी महाअधिवेसन प्रतिनिधि हुन् । पछिल्लो समयमा उनको पनि उपमेयरको टिकटमा नाम चर्चामा रहेको छ । गोमा प्रशाइ हाल महिला संघको महाअधिवेसन प्रतिनिधि रहेकी छन् । यसैगरी महिला संघ दमक नगर अध्यक्ष मन्दरा पौड्यालले पनि आफ्ना नजिकका नेता कार्यकर्ताहरुसंग इच्छा जाहेर गर्दै उम्मेद्वार बन्ने घोषणा गरेको बताईएको छ ।



