काठमाडौं, १० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार कारसहित त्रिशुली नदीमा खसेर बेपत्ता भएका पूर्वगृहमन्त्री माधव घिमिरेलाई खोज्न बंगलादेशबाट गोताखोर ल्याउन कुटनीतिक पहल गर्ने बताएका छन् ।

सोमबार घटनास्थल चितवनको दारेचोकस्थित घोप्टेभिर पुगेका यातायातमन्त्री रमेश लेखकसँग टेलिफोनमा कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

मन्त्रीले लेखकले टेलिफोनमा प्रधानमन्त्री प्रचण्डलाई घटनास्थलको अवस्था र खोजी कार्यको बारेमा जानकारी गराएका थिए ।

‘बङ्गलादेशमा पानीभित्र हराइरहेका मानिस र गाडी पत्ता लगाउने गोताखोर पाइन्छ भन्ने सुनेको छु । त्यसलाई झिकाउन कूटनीतिक पहल गर्ने गर्छु,’ प्रधानमन्त्रीले मन्त्री लेखकसँग फोनमा भने ।

साथै प्रधानमन्त्री दाहालले भैंसालोटन ब्यारेज बन्द गरेर त्यो क्षेत्रसम्म खोजी कार्यलाई तीव्रता दिन स्थानीय सुरक्षा निकायलाई निर्देशन पनि दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah