नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले बिराटनगर अस्पताल प्रा. लि.मा विशेष छुट र सुविधा पाउने भएका छन् । नबिल बैंक र विराटनगर अस्पताल प्रा. लि. (बिराट नर्सिङ होम एण्ड बिराट मेडिकल कलेज) बिच सम्झौता भएको हो ।

उक्त सम्झौता बमोजिम बिराटनगर अस्पताल प्रा. लि.ले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ता र शेयरधनीहरुलाई विशेष छुट र सुविधाहरु प्रदान गर्नेछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप बिराटनगर अस्पताल प्रा. लि. संगको यस सम्झौताले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई स्वास्थ्य सेवामा लाभ पुग्ने विश्वास नबिल बैंकका बिराटनगर शाखाका शाखा प्रबन्धक राजेश दासले बताउनु भयो ।

नबिल बैंकले ७९ वटा शाखाहरुको सञ्जाल, १३३ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका सेवा प्रदान गर्दै आएको छ ।