
दमक-‘हुने बिरुवाको चिल्लो पात’ भने झै झापा दमकका प्रकाश अधिकारी सानै उमेर देखि केहि गर्ने सोच पाल्थे । बिद्यालयमा पढ्दै देखि सामाजिक सेवामा लाग्नलाई उनको चेतले भनिरहेको हुन्थ्यो । यसैले होला उनले आफ्नो पढाइको बिषय समेत स्वास्थ्य क्षेत्र रोजे र शुरुमा ल्याव साहयक बने ।
केहि समय दमकको आम्दा अस्पताल र लाईफ लाईन अस्पतालमा काम गरे । उनले आफ्नै ब्यवसाय शुरु गर्नु पर्छ भन्ने लाग्यो र त्यसपछि उनले आफ्नै औषधीको ब्यवसाय शुरु गरेपनि पढाइलाई पनि निरन्तरता दिए । फार्मेसीको अध्ययन र यससंग सम्बन्धित ब्यापारलाई अगाडि बढाए । आज उदयमान सफल ब्यवसायीको रुपमा दमकमा दरिलो उपस्थिति जनाए ।
उमेरले उनी त्यति धेरै पार गरेका छैनन् तर उनको परिचय भने फराकिलो बनेर झागिदै गएको छ । उनलाई जेसीस अभियान्ताको रुपमा चिनिन थालेको छ । ३५ बर्षिय उनी एकदशक अघि दमक जेसिजमा प्रवेस गरे । त्यसपछि निरन्तर रुपमा एकपछि अर्को जिम्मेवारी सम्हाल्दै अध्यक्ष बने । सानो उमेर सफल अध्यक्ष बनेर आफ्नो नेतृत्व क्षमतालाई बाहिर प्रमाणित गरे । उद्योग बाणिज्य संघको कार्य समिति सदस्य, नेपाल रेडक्रस सोसाईटी, लाईन्स क्लव अफ दमक, रोटरी क्लव लगायतका सामाजिक सघसंस्थामा समेत उनी आबद्ध रहेकाले र्उनले आफ्नो ब्याक्तित्वलाई सिमित घेरामा राखेनन् ।
उनको यात्रा यहि सिमित रहेन । दमक जेसिजबाट प्रतिनिधित्व गर्दै नेपालको जेसिसको राष्ट्रिय उपाध्यक्ष बने । उनको हसिलो स्वभाव र नेतृत्व क्षमताका कारण उनी निर्वाचित भएर दमकको शानलाई अगाडि बढाउन सफल भए । उनको नेतृत्व क्षमता र खुबीका कारण नै हुनसक्छ उनले फेरि साथीभाईले अगाडि बढ्नलाई जाँगर थपेका छन् । त्यसपछि काभे्रको बनेपामा भएको नेपाल जेसिसको राष्ट्रिय अधिवेसनबाट उनी कार्यकारिणि उपाध्यक्ष पदमा निर्वाचित भए । उनलाइ देखेर सबैले महसुस गरेकी अब अधिकारीजस्तो क्षमतावान ब्याक्ति नेपाल जेसीसको नेतृत्वमा आउनु पर्छ । उनले साथीभाइको यो सद्भावलाई आफ्नो सम्पती ठानेर निरन्तर जेसीस अभियानमा जुटे र जुटिरहेकाछन् । सन् २०१७ का लागि नर्बिकल्प अध्यक्षको रुपमा उनि अघि बढेकाछन् । दमक जेसिजको ३६ बर्ष लामो इतिहासलाई टेकेर उनि अध्यक्षमा अघि बढेकाछन् ।
जेसिस अभियानलाई यूवाहरुको ढुकढुकीको रुपमा बिकास गराउने र जेसिसको महाअभियान बिश्व शान्तिमा यूवाहरुको योगदानलाई मूर्त रुपमा दिनका लागि आफ्नो जेसीमा अध्यक्षको उम्मेद्वारी भएको उनको भनाई छ । युवाहरुलाई आत्म निर्भर, सक्षम र ब्यवसायिक बनाउने अभियान सञ्चालन गर्न जेसिसले सक्ने भएकाले आफू यो अभियानमा समाहित भएको उनको भनाइ छ । यो अवधिमा उनले बिश्वका थुप्रै देशहरु घुमेका छन् । त्यहाँको बिकासलाई नियालेका पनि छन् । उनलाई लागेको छ त्यहाँ जसरि युवाहरु सक्षम रहेकाछन् यहाँ पनि त्यसरि युवाहरुलाई सक्षम बनाउन सकिन्छ । त्यसका लागि आफूसंग ‘भिजन’ भएकाले जेसिज अभियानलाई ‘मिसन’ बनाउने उनको ध्यय छ ।
जेसिस अभियानमा हिडेका अधिकारी जर्मन, जापान, स्विजरल्याण्ड, नेदरल्याण्ड, इटाली, भारत लगायतका मूलकमा घुमेकाछन् । बिभिन्न अन्तराष्ट्रिय युवा सम्मेलनहरुमा सहभागिता जनाएकाछन् । उनले आफू निरन्तर जेसिस अभियानमा लाग्ने बताउदै आफूलाई सबैले साथ दिनेमा ढुक्क रहेको बताए । उनलाई बिजय गराउन दमक जेसिज र नेपालभरका जेसिजकर्मीहरुले संयुक्त अभियान समेत सञ्चालन गरेकाछन् । उनमा नेपाल जेसिजमा परिवर्तन गर्ने क्षमता रहेको भन्दै नेपालभरका अधिकाँश जेसीस शाखाहरुले समर्थन जनाउन थालेकाछन् ।
प्रस्तुती बिष्णुप्रसाद पोखरेल



